Categories: कविता

“पत्रु खाना”

गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौँ

पत्रु खाना खायो भने ज्यान हुन्छ रोगी
भविष्यमा बस्नुपर्छ अति कष्ट भोगी।

खाउन्जेल मीठो हुँदैन केही पोषण
शरीरका तागत गरिदिन्छ शोषण।

चिनी ,नुन ,बोसोको ह्वात्तै बढेर मात्रा
ओखती गर्दागर्दै जीवन बन्छ जात्रा।

चाउचाउ ,चिप्स ,फ्रेन्च फ्राइ अनि पिज्जा
खाँदाखेरि मात्रै एकछिन हुने गर्छ मज्जा।

मसलेदार ,बास्नादार धेरै भुटेका
खाना खाँदा सहनुपर्छ खुसी लुटेका।

पैसा हुन्छ नाश परिवारलाई गाह्रो
पत्रु खाए बेलैमा यमराजको प्यारो।

मधुमेह ,क्यान्सर ,रक्तचापको भय
दूर हुन्छ सधैँलाई स्वच्छ खाना खाए।

जिब्रोलाई भन्दा शरीरलाई गरौँ माया
जीवनमा पर्न नदिऔँ दु:खको छाया।

सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ को सुगन्धित स्मृति: मञ्च, साधना र जीवनको अनुभूति

ईशान सुवेदी कक्षा ११, बूढानीलकण्ठ स्कुल, काठमाडौँ "नाटक मानवीय अस्तित्वको साङ्केतिक चित्रण गर्ने माध्यम हो…

17 hours ago

“भोटेकोशीको उपद्रव”

गणेश आत्रेय मदनपोखरा,पाल्पा भोटेकोशी किन कुपित भइस् गर्जिइस् उम्लिएर। बस्ती गाडी पुल सडक सबै ध्वस्त…

17 hours ago

“श्रीकृष्ण आऊ !”

घनश्याम रेग्मी अन्यायको चिर्न चरक्क छाती श्रीकृष्ण आऊ बलराम साथी कर्तव्य शिक्षा मुरली स्वरेक दीक्षा…

17 hours ago

छात्रवृत्ति

सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…

3 days ago

“हाम्रो अधिकार”

धनराज सिलवाल खाने लाउने पढ्ने सबै हाम्रो अधिकार हो। शान्तिसँग बाँच्न पाउनु हाम्रो अधिकार हो।…

3 days ago

धौ बजी

जानकी कर्माचार्य हरिसिद्धि, ललितपुर "ए मस्त ! धौ बजी कावाँ । ( ए बच्चाबच्चीहरू !…

3 days ago