बिहान आमाले भनेको कुरा झट्ट याद आयो।
“आज श्रावणे संक्रान्ति’ गाउँभरिको लुतो फाल्ने दिन। बाउ-छोरी छिटै आउने।”
“बाबा! लुतो भनेको के हो ?”
खेतमा, १० वर्षकी सानुले हातको फूल कुलोको पानीमा बगाउँदै बाबुलाई सोधिन्।
बाबु हाँस्दै भन्नुभयो “सर्पले पुरानो छाला फाल्छ नि, त्यही हो लुतो। नयाँ हुनलाई पुरानो फाल्नुपर्छ।”
सानुले कौतुहलता देखाउँदै भनी “अनि मनको लुतो ?”
बाबु गम्भीर हुँदै भन्नुभयो “त्यो झन् खतरनाक हुन्छ छोरी। चिलाउँछ तर देखिँदैन। एउटा मानिस शिक्षित भएर पनि अन्य सरह मनमा पालेर राखेको पुरानो नकरात्मक सोच, घमण्ड, आरीश र अहम् नै मनको लुतो हो।
सानुले तुरुन्तै अर्को फूल टिपिन् र कुलोको पानीमा बगाउदै भनिन् “लुतो गयो भ्रम गयो, अन्धविश्वासको श्रम गयो।
आजदेखि मान्छे सब बराबर,प्रेमको घर होस् हराभरा।”
छोरीको फूल सँगै बाबुको मनभित्र गाडिएको पुरानो सोच पनि बग्यो।
साँझमा घर फर्कँदा सानुले सोधिन् “बाबा! भोलिदेखि कसैलाई सानो-ठूलो भन्दैनौँ है ?”
बाबुले हाँस्दै टाउको हल्लाएर स्विकृत जनाए।
ईशान सुवेदी कक्षा ११, बूढानीलकण्ठ स्कुल, काठमाडौँ "नाटक मानवीय अस्तित्वको साङ्केतिक चित्रण गर्ने माध्यम हो…
गणेश आत्रेय मदनपोखरा,पाल्पा भोटेकोशी किन कुपित भइस् गर्जिइस् उम्लिएर। बस्ती गाडी पुल सडक सबै ध्वस्त…
घनश्याम रेग्मी अन्यायको चिर्न चरक्क छाती श्रीकृष्ण आऊ बलराम साथी कर्तव्य शिक्षा मुरली स्वरेक दीक्षा…
सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…
धनराज सिलवाल खाने लाउने पढ्ने सबै हाम्रो अधिकार हो। शान्तिसँग बाँच्न पाउनु हाम्रो अधिकार हो।…