लालबहादुर भुजेल
लमजुङ
हली दाइले हिलाे साउँदा
टण्टलापुर घाम,
झमझम पानी पर्ने
असार मासकाे याम।
बाँझाे जाेताैँ, आली लगाउँ
छुपुछुपु राेपाैँ,
फुत्केला नि स्वर्ण माैका
सबै मिली छाेपाैंँ।
असार पन्ध्र, धान दिवस
ठूलाे पर्व मानी,
झ्याउँकिरिकाे गीत – गुञ्जन
साँझपरेकाे ठानी।
गाेरूलाई घाँस हाली
खट्टे -पुवा, अचार,
खान्थ्याैँ हामी, पुज्थ्याैँ गाेरू
धन्य मेला असार।
बेलुकीपख खेतालाहरू
फिर्ते घरतिर,
गाम-बेसीकाे माया-माेह
कृषक कर्मबीर।
कृषि कर्म, ठुलाे धर्म
यसले छाेप्छ शर्म,
बुझ्नेलाई श्रीखण्ड
नबुझ्नेलाई भ्रम!
धान,गहुँ, मकै आदि
निर्यात गर्थ्याै पहिले,
मालकाे चाल नपाएर
परजीबी अहिले!
Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…
युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…
रञ्जुश्री पराजुली अमेरिका पार्क घुम्न जाँन रमाइलो लाग्छ एक्लै हैन घुम्न जाने साथी सङ्ग…