Categories: कविता

“ल्याए है, उँभौली”


युगल बसेल
सन्धिखर्क तुम्कोट

टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा
हिँड्छन् बाबु मिठो हाँसो सँगाली ओठैमा।

बुबु, माम,चिची,पापा यिनको भाषा बोली
कस्तो फूल  फक्रिएला यो कोपिला भोलि ?

यी आँखामा कस्ता होलान् सपना सुनौला ?
यिनका पाइला हिँड्ने बाटा कहाँ खन्ने होला ?

सुनको खानी भेटिन्छ कि हिराको भण्डार ?
कसले कस्तो फड्को मार्छ, कसलाई थाहा छ र ?

यो जिब्रोले कस्तो देला खबर, सन्देश ?
यी औँलाले कस्तो रङमा रङ्गाउलान् देश ?

सानो मगजले बुन्ला ठूला तानाबाना
पौरखीलाई कहाँ छेक्न आउँछ र सिमाना ?

सलाम थापे, तारिफ थापे, भरे आफ्नो झोली
मुलुकको सान-मानमा ल्याए है, उँभौली।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

9 hours ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

9 hours ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

1 day ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

1 day ago

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

3 days ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

3 days ago