लता केसी
उनले नै प्रथम स्थान हासिल गर्नेछिन् भन्नेमा सबै ढुक्क थिए। लगानी गर्नेले पनि दील खोलेरै गरेको थियो तर पराजयको नतिजाले सबै चकित भए। अनहोनी घटना भन्दै उनका समर्थकहरू सडकमा ओर्लिए। नाराबाजी भयो। भीँडमा गएर सम्बन्धित पक्षले जनमत संकलन सुरू गर्यो, “आखिर के कारणले प्रतिस्पर्धामा हार्नु पर्यो ?”
विभिन्न आवाजहरू पोखिए,
आत्मविश्वासमा प्रचुरता हुनु !
प्रतिस्पर्धी बढी शक्तिशाली हुनु !
चाहिनेभन्दा बढी प्रचार हुनु !
अभ्यासको कमी हुनु आदित्यादि!
सधैँ नै अद्भूत नृत्य प्रस्तुत गरेर विजय हात पार्ने उनी आज हारको अनुभव बोकेर भिँडमा आइन् । उनले आफ्ना समर्थकहरूलाई शान्त रहन आग्रह गरिन् । उनीमाथि प्रश्नको वर्षा हुन थाल्यो । उनले शालिनताका साथ सबैको मन जितिन्।
अन्त्यमा भनिन् , “प्रतिस्पर्धामा हारजीत स्वभाविक हो । जितेर मात्तिनु भन्दा हारेर सिक्नु ठूलो हुन्छ ।”
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…