Categories: कविता

“हिम शैल”


सरिता पराजुली
चन्द्रागिरि -१५,काठमाडाैं

उठी बिहानै जब झ्याल खाेल्छु
लाली चढेकाे हिम शैल देख्छु
खाेलेर घुम्टाे हिम श्रृङ्खलाले
गर्दैछ श्रृङ्गार कलै कलाले।

त्याे लाल घुम्टाे शिरमा सजाई
खेलेर हाेलीसँगमा रमाई
मुसुक्क हाँस्याे हिम शैल आज
साैन्दर्यले पूर्ण अहाे! छ ताज।

संसार देख्ने उसकाे छ आँखा
सबै हितैषी जन छैन पाखा
चिरेर छाती अझ बग्छ पानी
गाँसेर धर्तीसँग जिन्दगानी।

पंछी छ डाँफे रखवार गर्ने
खुसुक्क अाईकन कान भर्ने
सन्देश तिम्राे सबतर्फ झर्दै
गर्दैछ सेवा प्रिय मित्र बन्दै।

सस्नेह सत्कार म गर्छु भन्दै
प्रफुल्ल मुद्रा अनि मख्ख पर्दै
छरेर पाखा वनमा सुवास
हाँसी रहेका अझ ती गुराँस।

टेकेर छाती शिरसम्म पुग्न
अग्लाइ तिम्राे दिलबाट चुम्न
सदा छ लर्काे जनकाे नि आह!
सामिप्य तिम्राे उनकाे छ चाह।

सारथि बाल पत्रिका

Recent Posts

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

14 hours ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

15 hours ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

2 days ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

2 days ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

3 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

3 days ago