सरिता पराजुली
चन्द्रागिरि -१५,काठमाडाैं
उठी बिहानै जब झ्याल खाेल्छु
लाली चढेकाे हिम शैल देख्छु
खाेलेर घुम्टाे हिम श्रृङ्खलाले
गर्दैछ श्रृङ्गार कलै कलाले।
त्याे लाल घुम्टाे शिरमा सजाई
खेलेर हाेलीसँगमा रमाई
मुसुक्क हाँस्याे हिम शैल आज
साैन्दर्यले पूर्ण अहाे! छ ताज।
संसार देख्ने उसकाे छ आँखा
सबै हितैषी जन छैन पाखा
चिरेर छाती अझ बग्छ पानी
गाँसेर धर्तीसँग जिन्दगानी।
पंछी छ डाँफे रखवार गर्ने
खुसुक्क अाईकन कान भर्ने
सन्देश तिम्राे सबतर्फ झर्दै
गर्दैछ सेवा प्रिय मित्र बन्दै।
सस्नेह सत्कार म गर्छु भन्दै
प्रफुल्ल मुद्रा अनि मख्ख पर्दै
छरेर पाखा वनमा सुवास
हाँसी रहेका अझ ती गुराँस।
टेकेर छाती शिरसम्म पुग्न
अग्लाइ तिम्राे दिलबाट चुम्न
सदा छ लर्काे जनकाे नि आह!
सामिप्य तिम्राे उनकाे छ चाह।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…