अन्जु शर्मा
रातोपुल

” हे भगवान !! मलाई कुन जुनीको पापको सजाय दिदैछौ? आखिर खाइनखाइ त्यत्रो संपति जोडेको थिएँ,” धन माथिको रातो गेडी”एक्लो छोरो लाडप्यारले हुर्काएको थिएँ, आज ल्याएर वृद्धाश्रममा राखिदियो।”निसे काका वृद्धाश्रमको कोठाबाट बर्बराए।
पुषको महिना कठ्याङ्ग्रिदो चिसो , अशक्त र जर्जर शारीरिक अवस्था। एक सुन्दर र हँसिलो अनुहार गरेकी नर्सले दबाइ खुवाउँदै संझाइन-“उस जुनीको हैन काका! यसै जुनीको कर्मको फल हो । छोरी छ भनेर ६ पटक भन्दा बढी गर्भपतन गराउन काकीलाई दबाब दिनुभएको थियो भनेर मलाई आमाले भन्नुहुन्थ्यो । गर्भपतनको पीडा, मानसिक तनाव र स्वास्थ्यकर खानाको अभावले काकीलाई छिट्टै रोगले लग्यो रे। काका !नारीमाथि त्यति धेरै हिङ्श्रक नबन्नुभएको भए म सँगैका त हजुरका छोरी नै हुन्थे , अनि मैले गरे जस्तै सेवा गर्थे होलान् हैन र ?”
“छोरीलाई त्यति धेरै घृणा गर्नुभयो , आखिर वृद्धाश्रममा आउँदा पनि हेर्नुस् हामी छोरीहरूले नै तपाईंहरूको सेवा गर्दैछौँ।”
नर्सको कुराले निसे काका आँखाभरि आँसु पारेर भक्कानिए।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

4 hours ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

4 hours ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

2 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

2 days ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

3 days ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

3 days ago