Categories: बाल कथा

परिवर्तन

शारदा दहाल भण्डारी

“बिहान् चाँडै उठेर काम सक्ने अनि पढ्नुपर्छ है !”
भेषराजले शेषराजलाई भन्थ्यो।
“पढेर हात्ती ठुलो भएको हो र?” “म त सात बजे मात्रै उठने हो!” शेषराजले तुरुन्तै जवाफ दिन्थ्यो।
एउटै उमेर, र आर्थिक स्थितिसमेत उस्तै भएका दौंतरीको कक्षा एउटै भएपनि पढाइमा भेषराज निकै अब्बल थियो भने शेषराज भुद्दु थियो । वल्लोपल्लो घर ,खेती पनि सीमा मिल्ने भएकोेले स्कुल र काममा सँगै जानेआउने गर्थे ।
भेषराज गाउँघरमै दु:ख गर्दै पढिरह्रो र गाउँकै विद्यालयमा शिक्षक भयो।
शेषराज भने कक्षा दस पास गर्न नसकी विदेशिएको थियो । घरमा आउने जाने गरेपनि तीन दसकसम्म उनीहरूको खास सम्पर्क हुन नपाइ शहरबासी भयो। बालसखाले शहरमा घर बनाएर बसेको र आफ्नो शहर घुम्ने रहर पुरा गर्न भेषराज पनि एकपटक शहर गए।
बिहान् चाँडै उठ्ने ,योगध्यान गर्ने, सादा खाना खाने,श्रीमतीसँगै सरसफाइमा खट्ने र छोराछोरीप्रति साथीको व्यबहार देखिन्थ्यो।
आश्चर्य मान्दै भेषराजले परिवर्तनबारे सोधे।
जवाफमा “आफ्नो लागि मात्र होइन नि जिन्दगी ,पहिला त मैले अल्छी गरेपनि म मात्रै ठगिन्थेँ। अहिले गरेँ भने त( छोराछोरीलाई देखाएर) यी सबैको जीवन प्रभावित हुन्छ नि!”भन्दै मुस्कुराए।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

17 hours ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

17 hours ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

17 hours ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

2 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

2 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

2 days ago