Categories: बाल कथा

निरुत्तरित प्रश्न

खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही

पहाडबाट काठमाडौंमा दस कक्षामा पढ्दै गरेकी नातिनी भेट्न आएकी बुढी आमाले छोरालाई भनिन् ” घर त दरबारै बनाइछस् तर लुगा सुकिला भए पनि नातिनीको फाटेको पेन्ट देखेर मेरो मन कटक्क खाएको छ।”
आमाको कुरा सुनेर उनी केही बोलेनन् , बरु भान्सामा रहेकी श्रीमती र छोरीलाई भने” कता न आमा आउनु भएको छ।गाउँमा बसेकीले उहाँलाई केही थाहा छैन । यसैले उहाँले जे बोले पनि सहनु,केही जवाफ नदिनु ।”
बुहारी आएर सासु आमालाई दूध दिइन। त्यही मौका छोपेर उनलेे मनको कुरा लुकाउन नसकी बताइन् ” गाउँमा बरु छोराछोरीमा भेदभाव गर्नु हुँदैन भन्ने चेतना पसेको छ। तिमीहरूले सन्तानमा एउटी छोरीलाई पनि भेदभाव गरेछौ। म आएपछि तीन पटक पैन्ट फेरि तर सबै फाटेका । घरमा आएका मानिसहरुले काम गर्न राखेकी केटी सम्झे होलान् ।”
पतिको केहीबेर अगाडिको कुरा सम्झेर बुहारी केही पनि बोलिनन्। मनमनै सोचिन् ` यही भएर होला शहरमा बस्नेले गाउँका मानिसलाई पाखे भन्ने ।´
सुत्नेबेलामा नातिनीले हजुरआमाको लागि तातोपानी लगिदिइ र फर्कन लाग्दैगर्दा उनलेे आँखाबाट आँसु चुहाउँदै भनिन् ” तिम्रो फाटेका लुगा देख्दा मेरो मन साह्रै अमिलो भयो ,यो पाँच सय रुपैयाँले राम्रो पैन्ट किनेर लाउनु ।”
नातिनीले अस्वीकार गर्दै सोधिन् ,पर्दैन । किन दिनु भएको ?”
“तिम्रा सबै पेन्ट फाटेका रहेछन् । यस्तो लगाएको देख्दा मैले लगाएको सुनको मढेउरीले खिज्याइरहेको भान भएर मलाई निद्रै लागेको थिएन।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ताली

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर आज निक्कै चहल पहल बढेको छ । नयाँ भनिएकाे पार्टीको कार्यक्रम…

35 minutes ago

भावना

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा "हजुरलाई एउटा कुरा भनौँ है, आज शनिबार पनि…

58 minutes ago

ताली बज्यो लै लै !

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…

1 day ago

“कुकुर मेराे साथी”

आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…

1 day ago

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

2 days ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

2 days ago