Categories: बाल कथा

परिवार


मणि भट्टराई
गठ्ठाघर,भक्तपुर

जगतले एउटा ठूलो फ्रेम ल्याए। सुन्दर बगैँचामा जात जातका मनमोहक फूलहरू फुलेका । हरिया थुम्का थुम्का परेका डाँडा। पृष्ठभूमि हेर्दै लोभलाग्दो। यसैको बीचमा सुन्दर दुई छोरीहरु जागृती सीमा धर्मपत्नी सत्या अनि उनि आँफै रहेको सुन्दर तस्बिर राखिएको।
यो फोटो कता राख्ने अलमलमा परेकाले सत्यालाई बोलाउँछन् । दस र पाँच वर्षका छोरीहरु पनि सँगै आउँछन्। हेर त कत्ति राम्रो दृश्य अनि त्यस भित्र हामीहरू । यही हो हाम्रो सुन्दर परिवार। यहि हो मेरो सम्पत्ति । उन्ले पालै पालो सत्या र दुबै छोरीहरूको चिउँडो उठाएर फोटोमा केन्द्रित गराए। सबै खुशि देखिन्थे तर ठूली छोरी जागृतीको मुहारमा भने उन्ले खोजस्तो खुशी पाउन सकेनन् । के के नपुगे जस्तो गरेर हेरी मात्र रहेकी थिईन्। उनले हल्का सोचे , यो यस्तै हो । यसलाई कुनै पनि कुराले झट्टै प्रभाव पार्न सक्तैन। उपयुक्त स्थान रोजेर फोटोफ्रेम राखे।
केही दिन बिते । एकदिन उनी , सत्या र सानी छोरी सीमा बैठक कोठामा बसेर खै के के कुरा गरेर हाँसी रहेका थिए। जागृतीले सबैलाई एउटा “सरप्राइज” दिन्छु भनेर सबैलाई आँखा चिम्म गर्न भनिन्। सबैले इमान्दारी पूर्वक आँखा चिम्ले। उनले आफ्नै हातले तैयार गरेको एउटा सुन्दर तस्वीर आफ्नो पछाडि लुकाएर ल्याएकी थिईन्।
तस्वीर मेचमा राख्तै भनिन् “लौ सबैजनाले आँखा खोल्नुस् त ” झट्पट् सबैले आँखा खोले।
सबैका आँखा तस्वीरमा परे । उनले हजुरबा हजुरआमा , बाबा मामू , बहिनी सीमा र आफ्नो सुन्दर तस्वीर एकसाथ कोरेकी थिईन्। र परिवारको पूर्णता दिएकी थिईन्। सबैले खुप प्रशंसा गरे।
सबै सामान्य जस्ता देखिए पनि जगतको अनुहार भने लाजले रातो भएकाे थियो ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

6 hours ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

6 hours ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

6 hours ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

1 day ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

1 day ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago