तुलसी पण्डित
बाबा किन भ्रष्टाचारले जरो गाडेको
देशका युवा देश छोडी किन भागेको
देश चाहिँ जहाँको तहीँ केही भएन
गरीब झनै गरीब भए केही रहेन।
सुटुक्क नै भन्छु म देशको हाल यो
देशको नेता हाबी भए दिमाग बिग्रेको
आफ्नै मात्र स्वार्थमा दिन कटाए
देशलाई होइन यिनले आफ्नै बनाए।
हाम्रा दाइले एम ए पढे बेरोजगार रे
विदेश जाने पैसा नभइ घर बस्छन् रे
हेर्दा खेरी उनी सधैँ घोरी बसेका
बर्बर आँशु देख्छु म रोइ बसेका।
बाबु मलाई पिरलो दुखले पढाएँ
नयाँ नौलो सपना जीवन कटाएँ
पीडा माथि पीडा झन् छैन कुनै सार
लुट्नलाई सत्तामा चल्छ काटमार।
देश बन्छ कसरी भन्नु बाबा यो
अब भने देशको लागि सोच्ने बेला भो
आमा बाबा सबैको आँशु पुछ्छु म
यहि देशमा काम गर्न अघि बढ्छु म।
देशको लागि गर्नुपर्छ केही हामीले
इमान्दार बन्नु पर्छ सच्चा मनले
प्राकृति यो सम्पदाले परिपूर्ण देश
बँचाउनु है संस्कृति आफ्नै परिवेश।
लक्ष्मी न्यौपाने सत्यवती ६ गुल्मी सभ्यता र सँस्कृतिको बढाइ पहिचान प्रतिष्ठालाई जोगाउने मुख्यबाली धान। सिमसार…
मधु मिश्रा उडिशा भारत "भाउजू, कस्तो हुनुहुन्छ ?" भन्दै रीनाले उहाँलाई अँगालो हालिन्। उनी भर्खरै…
धानदिवस साथै असार १५ को शुभकाना सहित..... गणेश आत्रेय मदनपोखरा,पाल्पा बर्स्यो असार आएर ढाकी अकासमा…
रीता मिश्रा तिवारी भागलपुर बिहार वि जीको बैठक कोठामा आज छलफलको विषय भोकमरी र बेरोजगारीको…