Categories: बाल कथा

“परीक्षा”

बाेधराज प्याकुरेल
खजुरा,बाँके

” परीक्षालाई मर्यादित र अनुशासित बनाउनु तपाईं हामी सबैको दायित्व र कर्तव्य हाे ।” एसइइ परीक्षाका केन्द्राध्यक्षहरुकाे लागि राखिएको कार्यक्रममा उनीहरूलाई सम्बाेधन गर्दै जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखले भने ।
एसइइ परीक्षालाई सभ्य रुपमा सञ्चालन कसरी गर्ने भन्ने बारेमा लामाे छलफलपछि, इकाइका शाखा अधिकृतले लेखेर तयार पारेको ,” जिल्लाभरका सबै केन्द्रहरुमा भयरहित वातावरणमा मर्यादित र अनुशासित ढङ्गले परीक्षा सञ्चालन गर्ने ।” निर्णयमा सबैले हस्ताक्षर गरे ।
” यसपालि भने परीक्षा मर्यादित हुने भयाे ।”
तिर्थराजले सन्ताेषकाे सास फेरे ।
नचाहेर पनि प्रअ भएकोले उनी केन्द्राध्यक्ष बन्नु परेको थियाे । एसइइ परीक्षाको लथालिङ्ग प्रणालीका कारण उनले केन्द्राध्यक्ष बन्न पहिले अस्वीकार गरेका थिए ।
” मेरो छाेराे हजुरकै विद्यालयमा परेको छ सर,मिलेसम्म पछाडिको बेञ्चमा पार्दिनु हाेला । ” बाहिर निक्लदैँ गर्दा इकाइ प्रमुखले तिर्थराजसँग भन्दै थिए ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

6 hours ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

7 hours ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

7 hours ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

1 day ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

1 day ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

1 day ago