Categories: कविता

“हिमाली गाउँ”

रन्जुश्री पराजुली

हिमालको फेद मुनि धेरै राम्रो गाउँ
बस्छु त्यहिँ रमाएर कर्मा मेरो नाउँ।

भाइ बैनी साथीसङ्गी रमाएर खेल्छौँ
घुमाउन हामी सङ्गौ याक पनि लान्छौ।

हजुरआमा भित्र बसी उन कात्नु हुन्छ
हजुरबुबा याक भुवा जम्मा पार्नु हुन्छ।

मेरीआमा याक दुध जम्मा धेरै पार्छिन
अगेनामा दुध पकाइ छुर्पी घोटछिन्।

याक दुध खानाले स्वाथ्य पोसिलो
बालक बृद्ध् सबैलाई हुन्छ गतिलो।

पर्यटक आउ जाउ हाम्रो गाउँ तिर
हाइ हल्लो नमस्ते गर्छन् चारैतिर।

अथिति पर्यटक रमाएर बस्छन्
दही ढिडो मीठो मानि खान्छन्।

तातोचिया नुनिलो शर्पा पिउँछन्
याक घिउपोसिलो यस्मा मिसाउँ छन्।

शेर्पा गाउँ सफा सुग्घर स्वास्थ्य पनि राम्रो
केटाकेटी भन्टाङभुन्टुङ दुरुस्त र राम्रो।

जाडो हुन्छ गाउँ सबै हिउँले ढाक्दछ
सानोभाइ बजुसँग रमाइ आगो ताप्दछ।

जाडो बेला बाक्लो लुगा याक रौं न्यानो
बजु आमा बनाउँछिन लुगा ठुलो सानो।

दोचा बक्खु टोपी सबै याक ऊन राम्रो
बलियो र टिकाउ हुन्छ धागो औधी चाम्रो।

 

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

5 hours ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

6 hours ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

6 hours ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

1 day ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

1 day ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

1 day ago