Categories: बाल कथा

पर्यावरण दिवस


तुलसी पण्डित

हजुरबाबाले एकोहोरो रूपमा पाखा पखेरामा रुख रोपेको देखेर नाति सञ्जयलाई अचम्म लाग्यो।
किन बोटविरुवा रोप्न परेको होला यो त आफै उम्रने चिज होनि।
उसले रेडियो खोल्यो । आज पर्यावरण दिवस भएकोले यो धरती हरियालि बनाउन एक जनाले दुई वटा बिरुवा रोपी यस दिवसलाई सार्थक बनाउँ । जहाँ बिरुवा छैन त्यो ठाउँको पर्यावरण दुषित हुन्छ।
यो कुरा सुनेको सञ्जय कोदालो लिएर हजुरबाबा भएको ठाउँमा पुग्यो । ऊ पनि खन्दै बिरुवा रोप्दै गर्न थाल्यो । उसले धेरै बिरुवा रोप्यो । यो देखेर हजुरबाबाले भन्नु भयो।
“नाति सञ्जय तिमीलाई पनि बोटविरुवा रोप्न पर्छ भन्ने ज्ञान कसरी आयो ?”
“बाबा आज पर्यावरण दिवस रहेछ । यो धर्ती स्वस्थ राख्न बिरुवा रोप्नु पर्छ रे ।”
“हो नाति वातावरण धेरै दुषित भएको छ । त्यसैले वातावरण जोगाउनको लागि बोटविरुवा रोप्नु पर्छ ।” “हजुरबाबा पृथ्वी एउटै घर हो । यहाँ रोपेको विरुवाले संसार भरको वातावरण राम्रो हुन्छ हेै ?”
“हो बाबु एक ठाउँको प्रभाव सबै ठाउँमा पर्छ । विकसित राष्टमा भएको औधोगिकरणले यहाँ पनि प्रभाव पारेको छ । जसले गर्दा अनावृष्टि खण्ड वृष्टि र सुख्खा भएको छ ।”
“हजुरबाबा यस्तो कसरी हुन्छ ?”
बोटविरुवा न रोप्ने र जङ्गल विनास गरेपछि अक्सिजनको कमी हुन जान्छ । अनि उद्योगबाट आउने धुवाले कार्वनडाइ अक्साइड बढ्न गई ओजन तहमा प्वाल पार्छ । त्यसपछि सूर्यबाट आउने विकिरण सिधै पृथ्वीमा आइ त्यसले वातावरणमा प्रभाव पार्छ । अनि हुन्छ भूक्षय बाढी पैह्रो र धनजनको क्षति ।”
उता माइक बजिरहेको थियो वातावरण दिवसमा भेला हुन अनुरोध गर्दछौ ।
“हजुरबाबा आज वातावरण दिवस मनाउन टुडिखेल जाने रे ?”
“बाबु त्यहाँ त उहीँ पर्यावरण दिवस मनाउने मात्र हो काम त केही हुँदैन ।”

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

1 hour ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

2 hours ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

2 hours ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

1 day ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

1 day ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago