वैज्ञानिक खोजको विषय

 


कृष्ण वस्ती

“भावी पुस्ता स्वस्थ हुन् भन्ने पवित्र भावले पुर्खाद्वारा जनहितमा जारी कुश-महिमालाई जाति-धर्मको सीमाभित्र कैद गर्नु मुटुरोगीको औषधी लुकाउनु जस्तै हो।
कुनै व्यक्ति जाति वा सम्प्रदायले आर्जन गरेको ज्ञान-सीप र अनुसन्धान अन्तत: समस्त मानव जातिका सम्पत्ति हुन्।बिजुलीको बल्ब,रेडियो,हवाईजहाज र विविध महामारीका औषधीहरू जसले आविष्कार गरेपनि समस्त विश्वका लागि उपलब्धि भएझैं जनस्वास्थ्यमा कुशको ठूलो महत्व हुनाले दैनिक जीवनमा भावी पुस्ताले कुशको प्रयोग गर्ने चलन बसाए।यसलाई जोगाउन पछिल्लो पुस्ताले धर्मको क्याप्सुलमा राख्यो।तर दुर्भाग्यवश आयुर्वेदका अध्येता अनुसन्धाता र प्रयोक्ताले समेत यसलाई मानवजातिको साझा हितमा व्यापक बनाउनुपर्नेमा धार्मिक सीमिततामा उपयोग गर्नु दु:खद हो।
कुश कस्तो वनस्पति हो? मानव स्वास्थ्यका कुनकुन पक्षमा कुशको उपयोग कसरी गर्ने?हाम्रो जीवनका बाह्य र आन्तरिक स्वास्थ्यमा कुशको प्रयोगले कस्तो असर पार्छ र हामी स्वस्थ हुन्छौ? यो वैज्ञानिक अध्ययनको निष्कर्ष सार्वजनिक गर्दा जातिमा सीमित धार्मिक उपयोगको महिमा घट्ने नभई बढ्छ।जसरी धर्म र जोगीको अखडामा कैद रहेको योगासनलाई स्वामी रामदेवले खुला गर्दा महर्षि पतञ्जलिको महत्व घटेन बरु बढेर गयो।
कुशको वैज्ञानिक महत्व भनेर जसले जे चर्चा गरेका छन् ती वास्तवमा अनुसन्धान निरीक्षण परीक्षण र तर्कसंगत नभएर धरैजसो मनोगत छन्। यसको अध्ययन अनुसन्धानमा आयुर्वेद र आधुनिक औषधि-विज्ञानको उपयोग गर्नु वाञ्छनीय छ।
यसबाट विशुद्ध धार्मिक दृष्टिले कुश प्रयोग गर्दै आउनुभएका कसैले पनि नास्तिक प्रहार हुनलाग्यो भनेर मुटुमा गाँठो नपारे हुन्छ। बरु कुश प्रयोग गर्नुको वैज्ञानिक कारण बुझ्दा तपाईंको धार्मिक कर्म वैज्ञानिक र तथ्यगत हुन्छ भने जुनसुकै धर्म जातजाति र समुदायको जनस्वाथ्यमा यो वरदान सिद्ध हुन्छ र वैश्विक सम्पदा बन्न जान्छ।

सारथि बाल पत्रिका

View Comments

  • Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

Recent Posts

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

22 minutes ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

51 minutes ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

60 minutes ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

1 day ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

1 day ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago