“पहिचान”

सन्तोष कार्की मौसुफ

कक्षा कोठामा पढाउँदै गर्दा शिक्षकले आफ्नो कक्षा ४ मा अध्यनरत विद्यार्थीहरुलाई सोध्नुभयो: तपाइँहरू भ्रमणको लागि चिततवन राष्ट्रिय निकुञ्ज जाँदै हुनुहुन्छ र त्यहाँ तपाइँहरूले केही जीव जनावर अजिङ्गर, सर्प, गोही, मृग, गैँडा, हात्ती, बाघलाई देख्नुभयो, जुन चिज तपाइँहरूले आफ्नो जीवनमा कहिले देख्नुभएको छैन, प्रश्न यो छ कि तपाईँहरूले कसरी चिन्नुहुन्छ ती जनावरहरुले अन्डा दिन्छन कि बच्चा जन्माउँछन भनेर ? उनीहरुलाई कुन माध्यमले चिन्नुहुन्छ ?
अधिकांश विद्यार्थी चुपचाप मौन बसे, जबकि केही विद्यार्थीहरु एकाअर्कालाई मुखामुख गरेर खासखुस गर्दै थिए..।
मिनेट दुई मिनेटपछि फेरि उनै शिक्षकले आफैँले भन्नुभयो यो चिन्नको लागि धेरै नै सजिलो छ, जुन जनावरहरुको कान बाहिर देखिन्छ उनीहरु सबैले बच्चा जन्माउँछन भने जुन जनावरहरुलाई हेर्दा कान देखिदैन उनीहरुले अन्डा कोरल्छन….।
त्यसपछि फेरि शिक्षकले दोस्रो प्रश्न सोध्नुभयो,
यो कुरा भन्नुहोस्. तपाइँहरू अगाडि अचानक कुनै जनावर आयो.. तपाइँहरूले कसरी थाहा पाउनुहुन्छ कि त्यो शाहाकारी हो वा माँसाहारी हो ?
किनकि तपाइँहरूले त्यो जनावरले कहिले खाँदै गरेको देख्नुभाकै छैन, विद्यार्थीहरुमा फेरि त्यही कौतुहल र एकाअर्कामा मुखामुख गर्न थाले….
शिक्षकले फेरि भन्नुभयो-
हेर्नुस् चिन्नलाई धेरै सजिलो छ,, जुन जनावरको आँखा बाहिर यानकी आँखाको माथि संरचना गोलो हुन्छ, उनीहरु सबै मांसाहारी हुन्छन्, जस्तो कुकुर, बिरालो, बाज, बाघ, चील वा अन्य कुनै तपाईँको वरिपरि जीव-जन्तु देखिन्छन् जसको आँखा गोलो छ्न तिनीहरु मांसाहारी हुन्छन्,, ठिक त्यसैगरी जसको आँखाको बाहिरी संरचनाको लम्बाई लामो हुन्छ, तिनीहरु सबका सब शाहाकारी हुन्छन् , जस्तैः गाई-गोरु, भैँसी , हात्ती, मृग, बाख्रा इत्यादि..। उनीहरुको आँखाको बाहिरी बनावट लामो हुने गर्छ।
फेरि शिक्षकले विद्यार्थीहरुलाई सोध्नुभयो, तपाइँहरू सबैले भन्नुहोस् हामी मान्छेहरूको आँखा गोलो हुन्छ कि बाहिरी बनावट लामो भएको हुन्छ ?
यो पटक सबै विद्यार्थीहरुले एउटै स्वरमा भने ; हामी मान्छेहरुको आँखाको बनावट लामो वाला हुन्छ… यस कुरामा शिक्षकले फेरि भन्नुभयो, यो भन्नुहोस् मान्छेहरू शाहाकारी प्राणी हुन वा मांसाहारी ?
सबका सब विद्यार्थीहरुको एउटै उत्तर थियोे “शाहाकारी हौँ सर।”
फेरि शिक्षकले सोध्नुभयो- भाइबहिनीहरु यो भन्नुहोस् कि त्यसोभए सबै मान्छेहरु मांसाहारी किन हुन्छन् ? त्यसपछि सबै विद्यार्थीहरुले धेरै नै गम्भीर उत्तर दिए, “अज्ञानतावश वा मुर्खताको कारण मांसाहारी हुन्छन्” सर।
त्यसपछि शिक्षकले विद्यार्थीहरुलाई दोस्रो कुरा सोध्नुभयो या भन्नुभयो कि , जुन जनावरहरुको नङ लामो र तीखो हुन्छ ती सबका सब मांसाहारी हुन्छन्, जस्तैः बाघ, बिरालो, कुकुर, बाज, गिद्द, वा अन्य केही तिखा नग्रा भएका जनावर…।
र जुन जनावरको नङ्गा चेप्टो चौडाइ भएको हुन्छ ती सबका सब शाहाकारी हुन्छन्, जस्तैः मानिस, गाई गोरु, हात्ती, घोडा, उँट, हिरण, बाख्रा इत्यादि।
यस हिसाबले अब यो भन्नुहोस् कि मनुष्यहरुको नङ तिखो धारिलो हुन्छन् कि चेप्टो लामो हुन्छ?
बसैले एकै स्वरमा भने ” चेप्टो लामो हुन्छ, सर।”
त्यसपछि शिक्षकले भन्नुभयो यो हिसाबले मनुष्य कुन जिबको श्रेणीमा पर्छन?
सबका सब विद्यार्थीहरुले एकै स्वरमा भने “शाहाकारी सर।”
त्यसपछि फेरि शिक्षकले भन्नुभयो जुन जीव पशु- प्राणीहरुको पसिना आउँछ तिनीहरु सबका सब शाहाकारी हुन्छ्न, जस्तैः घोडा, गोरु, गाई भैँसी, खच्चर, आदि प्राणी…।
जबकि मांसाहारी जनावरको पसिना आउँदैन, त्यसैले आफ्नो जिब्रो बाहिर निकालेर र्याल काड्छन हाप्छन काप्छन.. यही प्रकारले आफ्नो शरिरको गर्मीलाई नियन्त्रण गर्छन्…।
त्यसोभए प्रश्न यो उठ्छ कि मनुष्यको पसिना आउँछ वा जिब्रोबाट आफ्नो तापमानलाई नियन्त्रण गर्छन् ?कक्षा कोठामा उपस्थित सबै विद्यार्थीहरुले एकै स्वरमा “मनुष्यको पसिना आउँछ” भनेर जवाफ दिए।
त्यसोभए यो भन्नुहोस कि यस कुराले मनुष्य कुन जीव सिद्ध भए, सबका सब विद्यार्थीले एकै स्वरमा भने, “शाहाकारी।”
सबै मनुष्य विशेषगरि अहिंसामा सनातन धर्म, संस्कृत र परम्पराहरुमा विश्वास गर्ने मान्छेहरुले चाहे बच्चाहरुलाई नैतिक बौद्धिक ज्ञान् दिन अथवा सिकाउने पढाउनको लागि यस तरिकाले कुराकानीको शैली विकसित गर्न सक्नुहुन्छ। यस कुराहरुले जे उनीहरुले बुझ्छन् सिक्छ्न यो कुरा उनीहरुलाई जीवनभर काम लाग्छ… याद रहन्छ, पढ्ने बेलामा आलस्य पनि हुँदैन..।
छोराछोरी ठुलो भएपछि उनीहरुलाई यो पनि भन्ने गर्नुहोस् कि कसरी शाहाकारी मानिस जानकारीको अभावमा मांसाहारीको उपयोग गर्ने गर्छन् र भन्ने गर्छन् कि जब अन्न फलाउन सकिँदैन थियो त्यसबेला मनुष्य मांसाहारिको सेवन गर्ने गर्थे। जुन कुरा सरासर गलत हो, जब मनुष्य कन्दमुल र फलफुलमा जिउँदो रहन्थे, जुन कुरा सही हो र त्यस संरचना र स्वभाव देखि मेल पनि।