Categories: बाल कथा

पहिचान


मोक्ष खतिवडा

‘ए सुवास यतातिर कहिले हो ? ‘बाटोमा भेट भएको साथी सौरभले सोध्यो। ‘ त्यस्तै तीन चार दिन जति भयो । अनि तिम्रो खबर चाहिँ के छ ? ‘सुवासले प्रश्न गर्यो।
‘जसोतसो जिन्दगी चल्दैछ। तिम्रो त धेरै मालामाल भएको सुन्छु नि , सुवास । ‘ सौरभले जिज्ञासा राख्यो। तत्कालै उनीहरूको अर्को साथी कमल नजिकै आइपुगेर ‘सुवासको बारेमा त मलाई सोधे हुन्छ नि ! यसको घर अनि पारिवारिक चालढाल नै बेग्लै छ। तिम्रो र मेरोसँग कहाँ तुलना गर्न मिल्छ र ? ‘ सौरभतिर हेर्दै भन्यो।
‘हुन त यसै पनि सुवासको आर्थिक स्थिति गतिलै हो । त्यसमा पनि अहिले त ऊ भन्सारको जागिरे । उसको कमाईसँग तिम्रो र हाम्रो कमाइ कसरी दाँजिन्छ र ? ‘सुवासलाई इंगित गर्दै सौरभले बोल्यो। ‘कहाँ शिक्षकको जागिर कहाँ भन्सारको !’ रवाफ पूर्ण बोलीमा सुवास बोल्यो।
एकछिन तीनजनाको भलाकुसारी पछि सुवास आफ्नो गन्तव्यतिर लाग्यो।
‘ए कमल केही उन्नति प्रगति गर्नु छ भने बेलैमा शिक्षक बाहेक अरु पेशा अँगाल्नु पर्ने रहेछ बुझ्यौ ? ‘ सौरभले तितो पोख्यो।
‘उसको ठूलो घर र धेरै आर्जन मात्रै ठूलो कुरा होइन । जागिरबाट हटेपछि उसको नाम अनि सान दुबै हट्न सक्छ ।’ कमलले यथार्थता प्रष्टायो।
यति सुनेपछि ‘हुन त शिक्षकको पुस्तौँसम्म आफ्नो पहिचान रहिरहन्छ, तर . . . । ‘ सौरभले यसरी कुराको बिट माऱ्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

9 hours ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

10 hours ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

1 day ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

1 day ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

1 day ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

2 days ago