Categories: कविता

मसी…


टिकाराम जोशी

उनी सडक छेउमा खडा थिए
लाग्थ्यो कसैलाई पर्खिरहेका थिए
नजिकिदै गरेका घनिष्ट मित्र देखेर हाेला
अभिवादनका लागि हात चलमलाएका थिए
विद्यार्थी अभिभावककाे भेला छ
भर्ना अभियानकाे बेला छ
पाठ्यपुस्तककाे चांग लागेकाे छ
अभिभावककाे लाम लागेकाे छ
घण्टीकाे समय भैसक्याे
ढिलाे भएकाे जनाउ आइसक्याे
औँठा छाप मशिन लागिसक्यो
ढिलाे हुँदा कैफियत गरिसक्याे
काेठाकाे चकबाेर्ड हराएकाे छ
स्मार्ट बाेर्डले विस्थापित गराएकाे छ
नेट माेबाइलकाे जमाना आयो
केटाकेटीहरुले बहाना पायाे
पढ्ने पढाउनेकाे टग अफ वार
शिक्षकका लागि बढदैछ भार
जीवन बित्नेभाे अस्थायीमा नै
भविष्य पर्ने भाे गर्तमा नै
लचिलाे कहिले हाेला सरकार
मागप्रति राख्छ कि राख्दैन दरकार
मित्रले दुखेसाे पाेख्दै थिए
बिचबिचमा आक्राेशित हुँदै थिए
जब मित्रले कुरा नटुङ्ग्याउने देखे
तब उनले मुस्कुराउदैँ बिचमै छेके
पञ्चायतकालमा शिक्षक इतर थियाे
तरपनि अभिभावकका मुटु भितर थियाे
जबजब साथ दियाे अभिभावकले
मागेकाे पुर्याउनै पर्याे सरकारले
गणतन्त्रकालमा सङ्घटन फाट्याे
राजनैतिक पार्टीसँग इमान साट्याे
नेताकाे झाेले भनि जुट्याे
टपरीमा सिन्का झैँ खुट्याे
टपरी त साधन मात्रै न हाे
काम नलाग्ने भए मिल्काइने न हाे
काम लाग्ने भएसम्म टपरीकाे हुन्छ मान
बगाइन्छ खाेलामा झिकिसकेपछि दान
टपरीकाे सिन्का हाेइन क्रान्तिकाे लेखनी बन्नुपर्छ
लेखनीका अक्षरले परिवर्तनको कसी बन्नुपर्छ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

जनै पूर्णिमा : परिचय , विशेषता र महत्व

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र…

59 minutes ago

प्रकृति

बलराम दंगाल रत्ननगर,चितवन “हेर्नु त बुवा ! मानिसले प्रकृतिलाई पनि जितिसक्यो नि,” छोराले मोबाइलमा बाँधको…

1 hour ago

“हाम्रो प्यारो संसार”

लक्ष्मी बडाल घाम लाग्यो झुल्केर, फूल हाँस्यो फक्रेर, चराले गीत गाउँदा, नानी उठिन् हर्षेर! हात…

1 hour ago

शिक्षा

अनिल गुरुङ गिंग लेबोङ बाबा, यो पालि म फस्ट भयो भने मलाई फोन किनी दिनु…

1 day ago

“बाढी को कहर”

कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…

1 day ago

“मूना”

दुर्गा पाैड्याल मूना थिएँ ऐले म त ,बन्थेँ काेपिला फक्रिएर भाेलिपर्सि ,शुभास छर्दथेँ मलाई देख्दा…

1 day ago