Categories: कविता

“पाठशाला जान्न”

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

जान्न आमा पाठशाला भारी बोक्नु पर्छ
ठूलो भारी नबोकेमा कान जोख्नु पर्छ।
कुरा मात्र बाल मैत्री काम छदै छैन
अब देखि म त स्कुल जादै जाने हैन।


कक्षा एक विद्यार्थी म बीस किलो झोला
झोला बोक्दा बोक्दै मेरो गयो गानो गोला।
किताब छन् नानाथरी कापी बरोबरी
छुट्टा छुट्टै धेरै थरी बोक्नु कसो गरी।
झोलाभित्रै राख्नु पर्छ छाता टिफिन् पानी
बडेमान झोला बोकी कसो गरी जानी।
हाँस्ने खेल्ने उमेरमा गृहकार्य धेरै
मन्टेश्वरी पनि आमा हुन्छिन् हेर्या हेरै।
रट्नु पर्ने सुँगा जस्तै किताबका पाना
चराजस्तै निल्नु पर्ने अक्षरका दाना।
किताब छ कम्प्युटर प्राक्टिकल छैन
तिर्नु हुन्छ खेल शुल्क खेल्नु कैले छैन।
फर्निचर शुल्क पनि हामी तिर्नु पर्ने
लुगा च्यात्छ थोत्रो बेन्च ड्रेस फेर्नु पर्ने।
नेपाली हो मातृभाषा भन्नु हुन्छ आमा
अंग्रेजीमा पढाउने गर्नुहुन्छ धामा।
निशुल्क रे कानुनमा मा वि सम्म शिक्षा
कैले पूरा होला आमा नेपालीको इच्छा?
बरु आमा सिकाउन घरायसी काम
सीप सिके काम लाग्छ पछि गरी खान।
जति पढे पनि आमा विदेशमा जान
विदेशमा जाने शिक्षा यहाँ के छ काम?
त्यसैले त मेरी आमा पाठशाला जान्न
बरु आमा आजैबाट देऊ सीप छान्न।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

5 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

5 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago