Categories: कविता

“सदाचार”

घनश्याम रेग्मी

छन्द=विधाता
गण : य र त म य गु

उदाए सूर्यको लाली अँध्यारो दूर सर्ने हो
निशाको कालिमा चिर्ने दियोले काम गर्ने हो
परे पानी हिलो मैलो, धुलो सारा पखालिन्छ
सदाचारी भए मान्छे , जगत्‌मा शान्ति फैलिन्छ ।

नबालौँ दम्भको ज्वाला सबै पोलिन्छ आगाले
झुटो टालो कहाँ टिक्ला कहाँ जोडिन्छ धागाले
निमोठे वृक्षको हाँगो छ पक्का बोट वैलिन्छ
सदाचारी भए मान्छे , जगत्‌मा शान्ति फैलिन्छ ।

पढी लेखी गुनेकाले सबैको होस् भलो भन्छ
उज्याला काम गर्ने हुन् अँध्यारो फाल्न तम्सिन्छ
खुला छोड्यो भने धागो कता हो कुन्नि जेलिन्छ
सदाचारी भए मान्छे , जगत्‌मा शान्ति फैलिन्छ ।

अशिक्षा अन्धकारै हो कहाँ देख्ला र संसार
गरे अल्छी हुने भोकै कहाँ भर्ला र धन्सार
लगाएका लुगा हाम्रा नधोई हुन्न मैलिन्छ
सदाचारी भए मान्छे , जगत्‌मा शान्ति फैलिन्छ ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

6 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

6 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago