Categories: कविता

“पानी परे हुने हो”


घनश्याम रेग्मी

गर्मी धेरै बढेर
स्कुल लाग्यो सबेर
घन्टी लाग्यो छ बजे
उठ्नै ढिलो ल हेर।

गर्मी साँझ रातमा
मिठो निद्रा प्रात:मा
उठ्नै गाह्रो बिहान
निद्रा पनि पुग्दैन।

खलखली पसिना
ढल्न लागे मसिना
स्कुल आयो बिहानै
खाना पिनाबिना नै।

तातो हावा टिनको
पोल्ने घाम दिनको
यस्तो स्कुल बनाए
कस्तो बुद्धि तिनको।

लाइन् लाग्न पाइन्न
खेल खेल्न पाइन्न
पानीमात्र पिएर
खाना पनि खाँइन्न।

लु को तातो हावा छ
लेख्न पढ्न गाह्रो छ
गर्मी पनि घट्नेथ्यो
पानी परे हुने हो।

सारथि बाल पत्रिका

Recent Posts

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

11 hours ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

11 hours ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

1 day ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

1 day ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

2 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

2 days ago