त्रिलोचन ढकाल
आनन्दआश्रम, फापरथुम-स्याङ्जा

“कति खेलिरहन्छ्यौ सविना ?” प्राध्यापक डाक्टर घनमोहन हप्काउने मु्द्रामा प्रस्तुत भए ।
“पढेकी छु बुबा ।”
“पढेकी छौ ? बिहानदेखि अहिलेसम्म मोवाइलमा झुण्डिइरहेकी छौ । मलाई किन छकाउन खोज्ने ?” घनमोहन अलि बडी झर्के।
उनी घोरिए र सोचे: “छोरी खतम हुने भइन् । किशोर अवस्था पार गर्ने बेलासम्म कसरी थाम्ने होला ? मोवाइलमा तिलस्मी खेलहरू हेर्दी हुन् । नाङ्गा फोटामाथि दृष्टि पुर्याउने होला । अश्लिल भिडीओभित्र व्यस्त हुने होला । तासमा पो लीन हुने हो कि ? यिनलाई सुबाटोमा लगाउन मुस्किल हुने भयो ।”
“हेर छोरी ! कोर्सका पुस्तकका साथमा साहित्यिक पुस्तक पढ्यो भने मस्तिष्क ताजा बनिरहन्छ, लौ पढ !!” घनमोहनले छोरीका अगाडि एउटा पुस्तक थेचारिदिए ।
सविनाले पुस्तक हेरिन् । महाकाव्य रहेछ । ओल्टाइ पल्टाइ गरिन् र मुस्कुराउँदै प्रस्तुत भइन्-“पढिरहिकी छु ।”
“पढ्छ्यौ ! पुस्तक छोएको बल्ल देखियो ।”
“कस्तो बुबा ! प्रोफेसर भएर पनि रुढिवादी ।”
“अझ रुढिवादी ?” प्रोफेसर झोक्किए।
“कागजका पुस्तक मात्र पढ्नु पर्छ र ? जमाना कहाँबाट कहाँ पुगिसक्यो !”
“के पढ्छ्यौ त ?”
“साहित्यपोष्ट दैनिक पत्रिकाले हजुरले दिएको पुस्तक अनलाइनमा राखिदिएको छ, त्यही पढिरहेकी छु ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

4 hours ago

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

4 hours ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

1 day ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

1 day ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

2 days ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

2 days ago