त्रिलोचन ढकाल
आनन्दआश्रम, फापरथुम-स्याङ्जा
“कति खेलिरहन्छ्यौ सविना ?” प्राध्यापक डाक्टर घनमोहन हप्काउने मु्द्रामा प्रस्तुत भए ।
“पढेकी छु बुबा ।”
“पढेकी छौ ? बिहानदेखि अहिलेसम्म मोवाइलमा झुण्डिइरहेकी छौ । मलाई किन छकाउन खोज्ने ?” घनमोहन अलि बडी झर्के।
उनी घोरिए र सोचे: “छोरी खतम हुने भइन् । किशोर अवस्था पार गर्ने बेलासम्म कसरी थाम्ने होला ? मोवाइलमा तिलस्मी खेलहरू हेर्दी हुन् । नाङ्गा फोटामाथि दृष्टि पुर्याउने होला । अश्लिल भिडीओभित्र व्यस्त हुने होला । तासमा पो लीन हुने हो कि ? यिनलाई सुबाटोमा लगाउन मुस्किल हुने भयो ।”
“हेर छोरी ! कोर्सका पुस्तकका साथमा साहित्यिक पुस्तक पढ्यो भने मस्तिष्क ताजा बनिरहन्छ, लौ पढ !!” घनमोहनले छोरीका अगाडि एउटा पुस्तक थेचारिदिए ।
सविनाले पुस्तक हेरिन् । महाकाव्य रहेछ । ओल्टाइ पल्टाइ गरिन् र मुस्कुराउँदै प्रस्तुत भइन्-“पढिरहिकी छु ।”
“पढ्छ्यौ ! पुस्तक छोएको बल्ल देखियो ।”
“कस्तो बुबा ! प्रोफेसर भएर पनि रुढिवादी ।”
“अझ रुढिवादी ?” प्रोफेसर झोक्किए।
“कागजका पुस्तक मात्र पढ्नु पर्छ र ? जमाना कहाँबाट कहाँ पुगिसक्यो !”
“के पढ्छ्यौ त ?”
“साहित्यपोष्ट दैनिक पत्रिकाले हजुरले दिएको पुस्तक अनलाइनमा राखिदिएको छ, त्यही पढिरहेकी छु ।”
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…