दुर्गा घिमिरे
र. न.पा.१४ पिठुवा
पालेदाइ पालेदाइ घण्टी बजाइदेऊ
घर जान ढिलो भयो बाटो देखाइदेऊ।
स्कुलमा आइ अब कक्षा प्रवेश गर्छौ
गुरुजन आउनु हुँदा पढ़न तयार हुन्छौँ
पालेदाइ घण्टी बजाइदेऊ।
अनुशासित हुँदै हामी सुन्छौ राम्रो कुरा
समयमा तयार पर्छौँ कक्षा कार्य पुरा
पालेदाइ घण्टी बजाइदेऊ।
साथी भाइ मिलिजुली खाने कुरा खान्छौँ
राम्रो कुरा सिकिकन राम्रो मान्छे बन्छौँ
पालेदाइ घण्टी बजाइदेऊ।
मोटरको धुइरो छुटे छेऊ तिर पुग्छौँ
पार गर्नु परे देखि हात समाइ हिड्छौँ
पालेदाइ घण्टी बजाइदेऊ।
लेख्दा लेख्दै हात गलि पनि सक्यो
टिफिन पनि बाकी छैन भोक लागि सक्यो
पालेदाइ घण्टी बजाइदेऊ।
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…