Categories: बाल कथा

“कला”

निर्मला बराल
सानो ठिमी,भक्तपुर

एक अधबैँसे सहभागी जुरूक्क उठेर प्रश्न गरे। “एउटा देश हाँक्ने नाइके भएर, युवावर्गलाई विदेश जानबाट रोक्न हजुरले के कस्ताे पहल गर्नु हुन्छ?”
विदेश जाने लहर आफ्नै गाउँघरमा खेपिरहेकाे जमात त्याे प्रश्नकाे जवाफ जान्न हो मा हाे मिलाउँदै , त्यो भिड उत्तेजित बन्याे। “यसको जवाफ हामीले पाउनैपर्छ, पाउनैपर्छ!”
नेताले सबैलाई शान्त हुन आग्रह गर्दै भने। “तपाईंहरुकाे प्रश्न जायज छ पक्कै पनि। तर बुझ्नु पर्ने यहाँनेर के छ भने, युवा विदेशिएकै भएर त देशकाे अर्थतन्त्रले टेवा पाएकाे छ । तपाईँहरुकाे घरव्यवहार चलेकाे छ। माँगेर खान पठाएकाे त हैन नि ? आफ्नै क्षमता र सीपले कमाएर उन्नति प्रगति गर्नुस्, आफूले कमाएकाेबाट त्यसकाे केही अंश भएपनि देशलाई याेगदान गर्नुहाेस् भनेकाे हाे। यसाे गर्दा देशप्रतिकाे निष्ठा, माया उहाँहरुमा कायम रहिरहन्छ भन्ने हाे। फेरि अर्कातिर हाम्रो देशको संस्कृति उहाँहरु मार्फत प्रवर्द्धन समेत भएकाे छ । ल भन्नुस्, यसमा हाम्राे बिग्रिएकाे के छ ? म त भन्छु एकबारकाे जुनीमा तपाईंहरुपनि विदेश जानुस्। मनग्गे कमाउनुस्। ” नेताकाे भनाइप्रति सबै नाजवाफ र नतमस्तक भए । “वाह नेताज्यू वाह! यस्ताे उत्तेजित भीडलाई क्षणमै शान्त पार्दिनु भाे। याे कस्तो कला हाे हजुरको ?” बाटाेमा कार्यकर्ता छक्क पर्दै प्रतिक्रिया व्यक्त गर्दै थिए।
“बेठीक कुराेपनि ठीकसँग मिलाएर गर्न जान्ने पाे नेता त, मुकेशजी? मलाई थाहा छ नि, युवा विदेशिएकाे राम्राे हैन। अब नपठाए, स्वदेशमै राेजगारी भनेर कराउँछन् । हामी आफैँ यहाँ काम नपाएर, नेता बनी बनी हिड्नु पर्या छ ! फेरि, सबैलाई नेता बनाए, भाेलि हाम्ले खाने के? बरु विदेश लघार्याे, ढुक्क!”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

20 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

20 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

4 days ago