भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर

“आज को पर्छ ?”
करेसाबारीमा छपक्कै तरकारी फलेका छन् । केही झुन्डिएका छन् त केही लत्रिएका छन् । करेला, घिरौँला, लौका, बोडी, फर्सी लगायतले बारी भरिएको छ । मलजल प्रशस्त पाएकाले सबै मौलाएका छन् | भालाकुसारी चलेकै बेला घिरौँला र करेला बिच विवाद चल्यो।
करेलाले कर्के नजरले भन्यो, “ओए तोरियाँ, त्यसै तुर्लुङ्ग झुन्डिएको छ, सित्तिनामको फलेका छन्, स्वादै छैन। एकदुई छाक खाए भने जिब्रो लोप्राउँछन् सबले । के छन् तेरा फाइदा ?” उसले चर्को आवाजले छड्के हान्यो।
घिरौँलाले रिस थेग्न सकेन। ऊ पनि के कम सुरु भयो, “केरे फेरि भन्त ? बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड भन्थे, हो रछ । मुखै बिग्रने तितेकरेलाले पनि बडो फुर्ती लगाउँने रहेछ।” ऊ रिसले आगो भयो।
फेरि भुत्भुतायो, सम्झाउँनु पर्ने भयो होइन, ल सुन्, “मलाई खादा मान्छेको पाचनमा सुधार आउँछ जसले तौल नियन्त्रण, मुटुकलेजो, आँखालाई फाइदा हुन्छ। भिटामिन, खनिज,पानीको मात्रा प्रशस्त पाइन्छ अनि अम्लियपन हुदैन, बुझिस्।” उसले फिस्स हाँस्दै फाइदा बतायो।
करेला रवाफिलो स्वरमा बोल्यो, “नमच्चिने पिङको सय झट्का भनेको यहीँ हो । अरूले तपाईँ भन्नु कहाँ छ कहाँ, आफैँ मपाई ? खित्का छाडेर हाँस्यो। धेरै नै गुणी रहेछौँ हगि ! इन्द्रको अगाडि स्वर्गको बयान |” कटाक्ष गर्यो।
घिरौँलालाई खपिनसक्नु भयो, सोध्यो। लल तिम्रा गुण सुनाऊ, केके रहेछन् ? करेलाले जुँगामा ताउ लगाउँदै बोल्यो, “म त औषधि हो औषधि ! मधुमेह कम, रगतमा शुद्धता, हृदयको सुरक्षा,छालामा स्वस्थता, भिटामिन, खनिज प्रशस्त दिन्छु अनि रोग प्रतिरोधात्मक क्षमता बढाउँछु,बुझ्यौ |” उसले बडो फुर्तीले कुरा टुङ्ग्यायो।
कुराकानी चलिरहेकै बेला घरबेटीले करेलाको घाँटी निमोठोर चुडेर लगिन्। सबै मौन भए अनि पर्याकपुर्लुक एकअर्कालाई हेरिरहे।
सबै प्रत्यक्ष नियाली रहेको लौकालाई असह्य भयो र मुख खोल्यो, “एकअर्काको अस्तित्व बुझ पालो सबैको आउँछ भन्ने थाहा हुँदाहुँदै पनि आखिर घमण्ड केका लागि किन हो ?” ऊ जङ्गियो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ताली बज्यो लै लै !

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…

19 hours ago

“कुकुर मेराे साथी”

आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…

19 hours ago

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

2 days ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

2 days ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

2 days ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

2 days ago