Categories: बाल कथा

मेरो हक


चूडामणि नेपाल “अकिञ्चन”

“म डढी सकेँ। पानी खन्याइ देउ सलिना।” सलिल रातोपिरो भएको थियो ।
”तिम्रा आँखा कतातिर छन् सलिल ? भूजहरु कता सलबलाई रहेका छन् । कति अधैर्य हुन्छौ। टाढै बस ।” रिसाएको भावमा सलिना बोली।
“तिमी केटाहरुको प्रेम यौन भोगाइमा आएर पूर्ण हुन्छ तर महिलाको अर्थात हाम्रो, त्यहीँबाट झन् गहिरो रुपमा झाँगिदै जान्छ। हामी तिमीहरुजस्तो हतार गर्दैनौँ । तिमीसँग धेरै कुरा गर्न बाँकी छ । तातै खाउँ जलिमरुँ नगर । सोच विचार गरेर मात्र तातो भुङ्ग्रोमा हात हाल । मेरो शरीरमा मेरो हक हुन्छ । तिम्रो त के विश्वास ? मेरो त यो पहिलो भोगाई हुनेछ। यो कार्यपछि मैले व्यक्तिगत ,पारिवारिक ,सामाजिक र मानसिक रुपमा के कस्तो अवस्था भोग्नुपर्छ त्यो तिमीलाई थाहा छ ? तिमी आनन्दका लागि भोग्छौ होला तर हामी प्रकृतिजस्तो भएर जीवन र सृष्टिका लागि भोग्छौँ । आनन्दबाट हामी पनि टाढा त हुँदैनौँ तर दूर दृष्टि अपनाउँछौँ । समयलाई पर्ख सलिल म अहिले तिम्रो चाहना पूरा गर्न सक्दिन ।” सलिनाले जबाफ दिई। “तिमी मानसिक रुपमा तयारी थिइनौ भने किन यहाँ आयौ ? किन मलाई ल्यायौ ? यो अवस्थामा किन पुग्यौ ? मलाई यस्तो नाटक मन पर्दैन सलिना । हामी पूर्व तयारी भएरै आएका हौँ। होइन र ? ” सलिल फकाउन खोजिरहेको थियो । “संझ सलिल आज तिम्रो जिद्दी धेरै थियो । म त तिम्रो मनराख्नमात्र यहाँसम्म आएँ । तिमी एकोहोरो सोच्छौ । म यो बारेमा हजारपटक सोच्छु । यो मेरो सुरक्षित अधिकार पनि हो ।” सलिना निकै रिसाइ।
“यस्तै अवस्था हो भने तिमी त मलाई फलानाले बलात्कार गर्यो भन्न पनि पछि पर्ने रहिनछौ छाड म जान्छु।” सलिल निस्कन खोज्यो।
“यो मेरो प्रेम -यौन चाहनाको मात्र भोको होइन र यही अन्त्य पनि होइन । जतिखेर जसले शरीर भोग्न खोज्यो त्यसैलाई सुम्पि हालौँ । पर्खिन सक्छौ भने पर्ख । म तिम्रै हूँ । नत्र सदाको लागि जानसक्छौ ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ताली बज्यो लै लै !

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…

18 hours ago

“कुकुर मेराे साथी”

आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…

18 hours ago

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

2 days ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

2 days ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

2 days ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

2 days ago