Categories: कविता

“पिपल”

बिन्दु पौड्याल वस्ती

झ्याम्म मेरो रुख
दिन्छु सबलाई सुख
छैन कोही विरानो
सानो हुन्छ दानो

राम्रो ठाउॅ चाहिदैन
मल पानी पाइदैन
जरा मेरो फैलन्छ
ढुंगा माटो थेग्दिन्छ

दिन्न जान खेर
अडाउॅछु जतिखेर
बाक्ला हॅागाबिगा
गुंड लाउॅछ मसिॅत

हावा हुरी आउॅदा
पंछी ज्यान जोगाउॅछ
जसले जहॅा सम्झदा
मलाई त्यही पाउॅछ

ठूलो शितल छहारी
सबलाई हितकारी
लुकीमारी खेल्नलाई
जम्मा हुने साथी भाइ

चौतारीमा बसेर
भलाकुसारी गरेर
कष्ट हटोस् भनेर
जल चढाई घुमेर

लामो सास फेरेर
मेरै साथमा बसेर
देवतालाई सम्झने
प्रकृतिलाई जोगाउने।

सारथि बाल पत्रिका

Recent Posts

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

12 hours ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

12 hours ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

1 day ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

2 days ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

3 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

3 days ago