निमा छिरिङ भोटिया
जलढाका कालेबुङ

“ईश्वरको लिला पनि कस्तो अचम्मको छ। हामी नहुँदा पनि नहुने फेरि हामी हुँदा पनि यो मान्छेहरूलाई साह्रै दुःख छ। हुनु पनि ठीकै हो नि ___! तर यहाँ त ‘धान खाने मूसो चोट पाउने भ्यागुतो’ भनिन्छ नि __! उस्तै नै भइराखेको छ”भन्दै भाले लामखुट्टेले आफ्नो दुखेसो पोथी लामखुट्टेलाई पोख्यो।
आफ्नो बूढोको यस्तै कुरो सुनेर पोथी लामखुट्टेलाई निक्कै झोक चल्यो। उ पनि निक्कै तातिएर बोली ___”के भन्नु भएको ‘धान खाने मुसो चोट पाउने भ्यागुतो ?” आफूलाई छोरा छोरी बढाउन कति गाह्रो छ। आफूहरू चैँ सधैंँभरि उपर खुट्टी लगाएर हुन्छ ___? फेरि बोल्छौ नानाथरी । खूब जानेको छ।”
“जे सत्य छ त्यो बोल्दा तिमीलाई चैँ किन नाक दुखेको” भन्दै भाले लामखुट्टे पनि तातिएर बोल्यो।
यसरी उ तातिएको देखेर पोथी लामखुट्टे झन् आगो भइ र उ झन् राँकिएर बोली __”तिमीले भन्न खोजेको हामीले मान्छेहरूलाई टोक्छौँ अनि रगत चुस्छौँ। यसको बदलामा तिमीहरू बेकारमा मर्नु पर्छ भन्ने कुरा गरेको होइन ___?हामी पनि अरूले अ भन्दा अम्बक मात्र होइन अरू कुराहरू पनि बुझ्ने हौँ।”
“अनि थाहा रहेछ त किन बेकारमा आगो भएको। बेकारमा बल्लतल्ल पाएको जीवन हराउनु पर्दा त्यो पनि मान्छेहरूको थप्पड खाएर मर्नु कस्तो पीरको कुरा हो” भन्दै आफ्नो गुनासो भाले लामखुट्टेले पोख्छ।
उसको यस्तो कुरा सुनेर पोथी लामखुट्टेलाई हाँस उठ्छ र उ मुसुमुसु हाँस्दै भन्छे ____”बुढा बुढी भएपछि के पीर मान्नु। जस्तो लेखेको छ। त्यो त पक्कै हुन्छ नि। यदि हामी लामखुट्टेको जीवन नभएको भए सायद यस्तो हुँदैन थियो होला। पीर न मान बुढा, मान्छेको एक थप्पडमा मर्नु पनि भाग्यमा हुनुपर्छ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“पिँढीको परिधि र दृष्टिको काराबास: एउटा अङ्कुरित अन्धकारको मौन सुस्केरा”

रोजिना घिमिरे अँध्यारो, कति बाक्लो हुन्छ यो अँध्यारो ? के यसलाई मुठ्ठीमा समातेर बाहिर फाल्न…

1 hour ago

“असार”

गणेश आत्रेय मदनपोखरा,पाल्पा जब मेघ त्यो, यता सर्यो; जन जीवमा, खुसी छर्यो। रवि-ताडना, कमी भयो;…

2 hours ago

अप्राकृतिक

कृष्णलाल शर्मा जागीरोड, असम आज अचानक दर्किरहेको भिषण झरीले मेरो आँगन छिद्र पार्दा हिलो बेस्सरी…

2 hours ago

“युवा पलायन”

अम्बिका धिताल काभ्रेपलाञ्चोक, हाल भक्तपुर दिनदिनै हेर देशका युवा विदेश गए है रुँदैछिन् आमा सन्तान…

2 hours ago

“प्रथमआषाढ”

शोभा कोइराला तातो हावा अतिशय भयो रोकिने छाँट छैन आषाढैको प्रथम दिनमै खोज्न केही हुँदैन…

1 day ago

इन्द्रेणी बेलुन

मौसमी चंद्रा पटना बिहार गाउँको छेउमा एउटा सानो घर थियो, जहाँ मीरा बस्थी। ऊ सात…

1 day ago