Categories: बाल कथा

निर्दोष गुलेली


नन्दलाल आचार्य
उदयपुर

“तिमीले कसको अनुमतिले मेरो निधार फुटायौ ?” सडकछेउको बूढो पीपल एकाएक बोल्यो, र बालकको सास थामियो । उसको सानो हातमा काठको गुलेली काँपिरहेको थियो, मानौँ आफैँ दोषी होस् । बालकले हतारिँदै भन्यो, “मैले त टाढाको त्यो घामझैँ टल्किने फल टिप्न खोजेको मात्र हुँ… कसैले यसलाई ‘जादुई शक्ति’ भन्दै मेरो हातमा राखिदिएको थियो ।” क्षणभरमा वातावरण अचम्मको मौनताले भरियो । पीपलका पातहरू हल्का सुस्केरा जस्तै सरसराए, कसैको लुकेको कथा गुनगुनाहट गरेझैँ । कसले बनायो यो गुलेली ? कसले निर्दोष औँलामा ‘खेल’ भनी ‘घाउ’ थमायो ? उत्तर हावामा हरायो । सडकका गाडीहरू आफ्नै गतिमा बगिरहे । न पीपलको पीडा देखे, न बालकको अन्योल सुने । तर जमिनभित्र जराहरू छटपटाए, आकाशमा बादलहरू बाक्लिए, मानौँ सत्य लुकाउनै नसकिने भयो । बालकको स्वर काँप्यो, “के म दोषी हुँ ?” गुलेलीले हल्का रुवाइमा डुबेर भन्यो र; “बाबु, तिमीले त फल टिप्न खोज्यौ, तर मलाई त तिम्रै निर्दोष औँला चिर्न सिकाइयो…।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

12 hours ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

12 hours ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

2 days ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

2 days ago

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

3 days ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

4 days ago