नन्दलाल आचार्य
उदयपुर
“तिमीले कसको अनुमतिले मेरो निधार फुटायौ ?” सडकछेउको बूढो पीपल एकाएक बोल्यो, र बालकको सास थामियो । उसको सानो हातमा काठको गुलेली काँपिरहेको थियो, मानौँ आफैँ दोषी होस् । बालकले हतारिँदै भन्यो, “मैले त टाढाको त्यो घामझैँ टल्किने फल टिप्न खोजेको मात्र हुँ… कसैले यसलाई ‘जादुई शक्ति’ भन्दै मेरो हातमा राखिदिएको थियो ।” क्षणभरमा वातावरण अचम्मको मौनताले भरियो । पीपलका पातहरू हल्का सुस्केरा जस्तै सरसराए, कसैको लुकेको कथा गुनगुनाहट गरेझैँ । कसले बनायो यो गुलेली ? कसले निर्दोष औँलामा ‘खेल’ भनी ‘घाउ’ थमायो ? उत्तर हावामा हरायो । सडकका गाडीहरू आफ्नै गतिमा बगिरहे । न पीपलको पीडा देखे, न बालकको अन्योल सुने । तर जमिनभित्र जराहरू छटपटाए, आकाशमा बादलहरू बाक्लिए, मानौँ सत्य लुकाउनै नसकिने भयो । बालकको स्वर काँप्यो, “के म दोषी हुँ ?” गुलेलीले हल्का रुवाइमा डुबेर भन्यो र; “बाबु, तिमीले त फल टिप्न खोज्यौ, तर मलाई त तिम्रै निर्दोष औँला चिर्न सिकाइयो…।”
कृष्णलाल शर्मा जागीरोड, असम आज अचानक दर्किरहेको भिषण झरीले मेरो आँगन छिद्र पार्दा हिलो बेस्सरी…
अम्बिका धिताल काभ्रेपलाञ्चोक, हाल भक्तपुर दिनदिनै हेर देशका युवा विदेश गए है रुँदैछिन् आमा सन्तान…
शोभा कोइराला तातो हावा अतिशय भयो रोकिने छाँट छैन आषाढैको प्रथम दिनमै खोज्न केही हुँदैन…
मौसमी चंद्रा पटना बिहार गाउँको छेउमा एउटा सानो घर थियो, जहाँ मीरा बस्थी। ऊ सात…