Categories: कविता

पुण्यतिथि अक्षय तृतीया को महत्त्व


कृष्णशरण उपाध्याय पौडेल

जे जस्ता शुभ कर्म गर्छ जन ले , नाशिन्न कैल्यै पनि
जो जो उत्तम धर्म गर्छ मन ले , मासिन्न कैल्यै पनि
यो हो धार्मिक दृष्टि ले अति महान् , वैशाख शुक्ला तिथि
जो कैल्यै क्षय हुन्न अक्षय छ जो , यो हो तृतीया तिथि।

आजै का तिथि मा विवाह शिव को , ती पार्वती साथ भो
आजै अक्षय पात्र पाण्डुसुत को , सर्वोच्च सौगात भो
यो विद्या धन को र अन्न जल को , हो दान गर्ने तिथि
हो सत्पात्र निमित्त दान गरिँदै , सम्मान गर्ने तिथि।

यो सारा तिथि बीच मुख्य तिथि हो , जो पुण्य वर्षाउँछ
यो अत्यन्त पवित्र पुण्य तिथि हो , जो देव दर्शाउँछ
हो त्रेतायुग ल्याउने दिन यही , सद्धर्मधारी तिथि
हो गङ्गा नद ल्याउने दिन यही , सत्कर्मकारी तिथि।

आजै का दिन वेद व्यास ॠषि ले , लेखे महाभारत
आजै का दिन कृष्ण ले नि कनिका,खाए सुदामा सँग
यी सारा शुभ कर्म अक्षय बने , सत्कीर्तिकारी बने
श्रीसम्पत्ति अशेष सञ्चय बने , सन्तापहारी बने।

विद्यारम्भ गराउँदा तिथि यही , हो शुद्ध भन्छन् ॠषि
पास्नी मा र विवाह मा तिथि यही,हो शुद्ध भन्छन् मुनि
यात्रा गर्न र किन्न बेच्न तिथि यो , हो शुद्ध भन्छन् जन
यो जानेर बुझेर सञ्चय गरौँ , सद्धर्मरूपी धन।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

1 day ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

1 day ago

श्रावण १५

  हेमराज अधिकारी श्रावणको वर्षाले धर्तीलाई हरियाली दिन्छ, तर मानिसको हृदयलाई हराभरा बनाउने काम उसकै…

1 day ago

“गुरु पूर्णिमा”

लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…

2 days ago

गुरु

हेमराज अधिकारी सूर्यले बाहिरी संसार उज्यालो बनाउँछ, गुरुले भित्री चेतनालाई उज्यालो बनाउनुहुन्छ। जन्म दिने माता–पिताले…

2 days ago

माटोको ढिस्को

अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…

2 days ago