Categories: बाल कथा

तत्त्वज्ञान

धनसिंह बिश्व
गेजिङ प० सिक्किम

आज मेरी सानी छोरीको जन्मदिन
बिहानै उठेँ, स्नानपछि घरको पुजा पाठ गरेँ। छोरी पारुलाई उठाउँदै भनेँ ” हेप्पी बद्दे छोरी। अब तिमी ठूली भयौ। आजदेखि दस बर्ष पुग्यौ”।
खुसी हुँदै छोरीले भनिन् “हो बुवा? अब म ठूली भएँ? तपाईँ त बुडो हुनुभयो”।
फेरि मैले भने “आज तिम्रो बद्दे, भन घुम्न जाने हो? कि सपिङ्ग जाने?”
छोरीले सुस्तरी भनिन् ” अन्त हजुरले भन्नु भाको ‘बद्देको दिन मन्दिर जानु पर्छ’ भनेर। आज मन्दिर जाने र सन्त महात्माहरुको आशीर्वाद लिने”।
“ओहो! कति ज्ञानी छोरी। ल छिटो गर मन्दिर जानु पर्छ है त”। मैले गितालाई पनि तैयार हुन लगाएँ।
हामी तिनैजना मन्दिर गयौँ।
मन्दिरको मुल द्वारमा जुत्ता चप्पल खोलेर मात्र भित्र प्रवेश गरिन्छ। पारुले आफ्नो चप्पल पटक्कै खोल्नु मानिनन्।
हामी सरासर मन्दिर गयौँ अनि मन्दिर भित्रका ठूला सन्त महात्मालाई चरण दण्डवत् गर्दै आशीर्वाद लियौँ। त्यहाँ मात्र छोरीले चप्पल खोलिन्। म छक्क पर्दै सोधेँ ” अघि त खोलेनौ तर अहिले त फेरी खोलिछौ त”।
छोरीले हाँस्दै भनिन् ” होइन नि बुवा! भगवान त हाम्रो घरमा पनि हुनुहुन्छ। बाटोमा पनि हुनुहुन्छ र यहाँ मन्दिरभित्र पनि उही भगवान हुनुहुन्छ, उहाँ त खोलेनौँ भने यहाँ किन खोल्नु?
“अनि अहिले त खोलेछौ “? मैले फेरी भनेँ।
“अनि यहाँ त हाम्रा सन्त महात्मा हुनुहुन्छ नि”।
हाम्रो सबै कुराहरू सुनेर सन्त महात्मा हाँस्दै छोरीको शिरमा हात राखेर भन्नुभयो ” छोरी! ठीक भन्यौ। यहाँ चप्पल खोल्यौ भैगयो। सबैभन्दा ठूलो भगवान त तिमी भित्रै बिराजमान छन्। जो जिउँदो साक्षत ब्रह्मा तिमीलाई चलाउँने। यही तत्त्वलाई बुझ्नुपर्छ”।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

21 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

22 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago