मणि भट्टराई
गठ्ठाघर,भक्तपुर
हालः न्यूजील्याण्ड
पुतली ओ पुतली
सानी सानी पुतली
आँगनमा आउँछौ
मिल्ने सँगी साथली।
पहेँली र पातली
दुई पङ्ख उचाली
फिर्फिर गर्दै उड्छौं
कोमलाङ्गी चञ्चली।
चट्ट जिउ परेकी
स्वर्ग बाट झरेकी
कसैलाई खोजे झैँ
एता उता गरेकी।
अनेक दुःख सहेर
सुन्दर रूप पाएर
दङ्ग तिमी पर्दिहौ
आफ्नै रूप देखेर।
बगैंचामा पसेर
फूल सँग बसेर
रमाउँदै निस्कन्छौ
मिठो रस चुसेर।
बादलमा पुगेर
एकै छिन लुकेर
मुस्कुराउँदै आउँछौ
धर्तीलाई सम्झेर।
कहिले पर जान्छौ
कहिले वर हुन्छौ
जिस्के जस्तो गरेर
हामी सँगै रम्छौ।
प्रकृति सँग झुलेर
नाच्छौ तिमी खुलेर
आनन्दले रमाउँछौ
दुनियाँलाई भुलेर।
हजारौं रङ्ग तिम्रा
सबै लाग्छन् राम्रा
प्रकृतिको अनुपम
उपहार हौ हाम्रा।
श्यामप्रसाद श्रेष्ठ “हे बाढी! तिमी आफ्ना पाइला रोक। हाम्रो बस्ती उजाड पारेर, खेतबारी र घरहरू…
मचिन्द्र खत्री फुट्छन् अझै हिमाद्रीका काखका ताल पोखरी। तात्दो छ अवनी नित्य बाँच्लान् मानिस के…
धनराज सिलवाल खेल्न हुन्न बाबु नानी पढ्नु पर्छ धेरै परीक्षामा सफल हुन लेख्नु पर्छधेरै। ज्ञान…
रमेशचन्द्र घिमिरे पुतली झैँ हुन पाए संसार यो चुम्थेँ बादल जस्तै चारैतिर रमाएर घुम्थेँ फूलबाट…
सालिक राम सत्याल खजुरा ३ बाँके श्रावणी पूर्णिमाको उज्यालो बिहान थियो। आँगनमा तुलसीको मठ सुगन्धले…
View Comments
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.