‘पुरानो जुत्ता’


दिपक बाला

एक गरीब केटो पुराना, च्यातिएको जुत्ता लगाएर विद्यालय जान्थ्यो। साथीहरूले उनलाई देखेर हाँस्थे — “ए ! तेरो जुत्ता त प्वाल परेको!” उसले टाउको झुकाएर मुस्कान दिन्थ्यो।
एकदिन शिक्षकले सबै विद्यार्थीहरूलाई सोधे, “भोलि हरेकजनाले आफूलाई सबैभन्दा महत्वपूर्ण वस्तु ल्याएर आउनुहोस्।”
अर्को दिन सबैले आफ्नो खेलौना, महँगो घडी, मोबाइल आदि लिएर आए।
त्यो केटाले चाहिँ आफ्नो पुरानो जुत्ता झोलामा हालेर ल्यायो।
शिक्षकले भने, “अब सबैजना बताऊ, किन यो वस्तु तिमीलाई महत्वपूर्ण लाग्छ।”
“मैले यो जुत्ता ३ वर्ष लगाएँ। बाबाले खेत जोतेर किनिदिनुभएको थियो। अहिले च्यातिएको छ, तर म सधैं सम्झन्छु — कति माया र संघर्ष मिसिएको छ योमा।”
सारा कक्षा शान्त भयो। जसले हाँस्थे, उनीहरूको अनुहार लाजले रातो भयो।

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

9 hours ago

“तिमी बस्छौ सहरमा”

ललिता ‘दोषी’ तिमी बस्छौ सहरमा म त गाउँमा पाइलैपिच्छे ठेस लाग्छ मेरो पाउमा लहै ठेस…

9 hours ago

बाढी

रम्भा पौडेल स्कुलमा प्रार्थानाको समय भएको थियो । सबै विद्यार्थीलाईनमा उपस्थित थिए। पिटी सरले गोडा…

10 hours ago

“घुमिफिरी रुम्जाटार”

श्यामप्रसाद श्रेष्ठ “हे बाढी! तिमी आफ्ना पाइला रोक। हाम्रो बस्ती उजाड पारेर, खेतबारी र घरहरू…

1 day ago

“जवाफ”

गंगाराम ढकाल भोटेकोसीमा एक्कासी आएको ठूलो बाढिले हजारौँ मान्छे बगायो । घर बगायो । बजार…

1 day ago

मानिस बिनाशको कारण तैँ होस्

मचिन्द्र खत्री फुट्छन् अझै हिमाद्रीका काखका ताल पोखरी। तात्दो छ अवनी नित्य बाँच्लान् मानिस के…

1 day ago