Categories: कविता

पुसको पाके माघमा खाके

 


रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

अनिता र निताले
सुनितालाई डाके
तिल्को लड्डु, पिँडालु,
शखरखण्ड चाखे
आज पुसको रातिमा
सुत्न जाने रे !
भोलि माघ लागेसी
टन्न खाने रे !
भन्नुभयो आमाले
`पुसको पाके माघमा खाके´

`पकाएर अदुवा
तातो खुदो राखे
डालामा छ सेल् रोटी
नाङ्लाले ढाके
बिरालाले जुठो हाल्ला
क्वाप्प खाएर
थन्क्याऊ बाबु भँडारमा
ताल्चा लाएर´
भन्नुभयो बाबाले –
`पुसको पाके माघमा खाके´

तरुल खन्न गएका
ठुल्दाइ साह्रै थाके
`अलिकति उसिन्दिनुस्
चाख्छु´ भन्न लागे
ऐले थोरै राख्दिउँला
तिम्रो भागमा
रुचिन्जेल टन्न खाउला,
भोलि माघमा
भन्नुभयो बज्यैले –
पुसको पाके माघमा खाके।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

10 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

10 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

11 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago