गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौँ
मीठामीठा परिकार खाउँला बसेर
पहारिलो घाममा तेल घसेर।
घिउ चाकु मिसाई खान पाउँदा
झनै लाग्यो रमाइलो दिदी आउँदा।
पुसमा उसिनेर माघमा चाख्ने रे
तरुलको महिमा जानी राख्ने रे।
मुरै र तिलका लड्डु थरीथरीका
कसोगरी खाने हो थालैभरिका ?
खिचडी र फुलौरा खाउँला रमाई
तातोतातो सेल पनि हातमा समाई।
माघैको यो सङ्क्रान्तिले न्यानो ल्याउँछ रे
दिन बढ्दै जानाले काम भ्याउँछ रे।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…