विरेन्द्र ढकाल
नाग्रिजुली,असम
‘यहाँ अलिकति मिलेन !’ छोरी तन मनले ए फोर साइजको ह्वाइट पेपरमा कलिला हातले रङ्ग छर्न व्यस्त छिन्।
‘बिहान बिहान अरू विषय नपढी चित्र बनाउँदै छेउ छोरी !’ बुबाले मायालु स्वरमा सम्झाउने प्रयासमा जिज्ञासा राखे।
छोरी झन् व्याकुल बनेको भावमा भन्छिन् _ ‘हामी त्यहाँ पिकनिक जान नसके पनि कागजमा त्यहाँको चित्र बनाउँदा पनि कति राम्रो लागेको हौ बाबा ! तर त्यहाँ भएको झरनाको पानी कहाँसम्म पुग्छ त्यसको चित्र बनाउन सकिरहेको छैन, बाबा!
बुबाको आँखा रसाए। छोरीले नदेखी तप्प दुईथोपा आँसुको ढिका भुइँमा झरेर तुरन्तै सुक्यो। बुबा सुँक्क गर्दै सामान्य बन्दै भन्छन्_’छोरी कागजमा हैन, साँच्चिकै हामी त्यहाँ जाने अनि झरनालाई सोध्ने, झरना तिमी कहाँसम्म जान्छौ?
छोरी बुबालाई कस्सेर साना हातले नपुगेनि अँगाल्छे। अँगालोलाई बन्धनमुक्त बनाउँदै बुबा महाजन कहाँ हाजिरामा जान सुरसार गर्छन्।
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…
रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…
View Comments
777zscom – Here we go! Trying my luck. Maybe I'll hit the jackpot? Want to play together? Click here:777zscom