नारायण नाथ योगी
इटहरी सुनसरी
सहरको एउटा भव्य रेस्टुरेन्टको झ्यालमा टाँसिएर ९ वर्षीय आर्यन बाहिर हेर्दै थियो। उसको अगाडि जन्मदिनको महँगो केक र उपहारका थुप्रा थिए, तर मन भने सडकमा टायर गुडाउँदै कुदिरहेको रामुमा अल्झिएको थियो। धुलोमैलो रामु फाटेको चप्पलमै खुसीले उफ्रिरहेको देख्दा आर्यनले लामो सास फेर्दै सोच्यो, “ऊ कति भाग्यमानी छ ! म त यो सुकिलो लुगा र अनुशासनको जेलमा थुनिएको छु। मलाई त धुलोमा खेल्ने अनुमति पनि छैन।” उता रेस्टुरेन्टको सिसामा टाँसिएर भित्रको चमकधमक हेरिरहेको रामुले सोच्यो, “त्यो केटो त कस्तो स्वर्गमा छ ! मलाई त एक छाक जुटाउन दिनभरि भौँतारिनुपर्छ, उसलाई त केही दुःखै छैन।” रामुले सिसामा आफ्नो फोहोर हात राख्यो, भित्रबाट आर्यनले पनि आफ्नो नरम हात त्यहीँ पुर्यायो। बीचमा सिसाको एउटा चिसो र पारदर्शी पर्खाल थियो, जसले एउटाको भोक र अर्कोको एक्लोपनलाई छुट्याएको थियो। त्यो रात, दुवैले आ-आफ्नो अभावका सपना देखे। आर्यनले सपनामा आफूलाई सबै सामाजिक बन्धन तोडेर रामुसँगै सडकको धुलोमा टायर गुडाउँदै उन्मुक्त हाँसिरहेको देख्यो। उता रामुले सपनामा आफूलाई सफा ओछ्यानमा सुतेर पेटभरि केक खाइरहेको देख्यो। बिहान बिउँझँदा, आर्यन फेरि त्यही सुनौलो पिँजडामा कैद थियो र रामु त्यही भोको सडकमा दौडिरहेको थियो। दुवैका सपना सिसाको त्यो पारदर्शी पर्खाल जस्तै थिए— देखिने तर कहिल्यै छुन नसकिने।
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…