Categories: बाल कथा

सिसाको पर्खाल


नारायण नाथ योगी
इटहरी सुनसरी

सहरको एउटा भव्य रेस्टुरेन्टको झ्यालमा टाँसिएर ९ वर्षीय आर्यन बाहिर हेर्दै थियो। उसको अगाडि जन्मदिनको महँगो केक र उपहारका थुप्रा थिए, तर मन भने सडकमा टायर गुडाउँदै कुदिरहेको रामुमा अल्झिएको थियो। धुलोमैलो रामु फाटेको चप्पलमै खुसीले उफ्रिरहेको देख्दा आर्यनले लामो सास फेर्दै सोच्यो, “ऊ कति भाग्यमानी छ ! म त यो सुकिलो लुगा र अनुशासनको जेलमा थुनिएको छु। मलाई त धुलोमा खेल्ने अनुमति पनि छैन।” उता रेस्टुरेन्टको सिसामा टाँसिएर भित्रको चमकधमक हेरिरहेको रामुले सोच्यो, “त्यो केटो त कस्तो स्वर्गमा छ ! मलाई त एक छाक जुटाउन दिनभरि भौँतारिनुपर्छ, उसलाई त केही दुःखै छैन।” रामुले सिसामा आफ्नो फोहोर हात राख्यो, भित्रबाट आर्यनले पनि आफ्नो नरम हात त्यहीँ पुर्यायो। बीचमा सिसाको एउटा चिसो र पारदर्शी पर्खाल थियो, जसले एउटाको भोक र अर्कोको एक्लोपनलाई छुट्याएको थियो। त्यो रात, दुवैले आ-आफ्नो अभावका सपना देखे। आर्यनले सपनामा आफूलाई सबै सामाजिक बन्धन तोडेर रामुसँगै सडकको धुलोमा टायर गुडाउँदै उन्मुक्त हाँसिरहेको देख्यो। उता रामुले सपनामा आफूलाई सफा ओछ्यानमा सुतेर पेटभरि केक खाइरहेको देख्यो। बिहान बिउँझँदा, आर्यन फेरि त्यही सुनौलो पिँजडामा कैद थियो र रामु त्यही भोको सडकमा दौडिरहेको थियो। दुवैका सपना सिसाको त्यो पारदर्शी पर्खाल जस्तै थिए— देखिने तर कहिल्यै छुन नसकिने।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

23 hours ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

23 hours ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

23 hours ago

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

2 days ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

2 days ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

3 days ago