Categories: कविता

“पृथ्वी जयन्ती”


शिव पुन

देश भित्र खण्ड -खण्ड , अरु धेरै राज्य
बाइसे र चौबीसेलाई , युद्ध गरि आर्ज्य
नत्र हामी हुने थियौँ , अरुकाे गुलामी
पृथ्वीलाई दिनु पर्छ , हामीले सलामी।

राजा हाेश् पृथ्वी शाह , दुरदर्शि जस्ताे
प्रजातन्त्र आए पनि , किन भयाे यस्ताे
सम्झनामा जन्मदिन , हिच किहाट किन
आदर्शका इतिहास , राजा थिए तीन।

कल्पनामा देख्ने गरे , बहुत दुर- दुर
युद्ध गरि राज्य जीते , सुर – बहादुर
इच्छा गरि कल्पनाकाे , साच्चै बन्याे देश
दिए नीति अरु ज्ञान , दिव्य उपदेश।

सिद्धान्त काे बाटाे छाेडी , रुनु पर्याे आज
नेपालकाे इतिहास , भन्नू पर्याे आज
राजा वाधा नीति आधा , थिएन विकासको
हामीले नै ढिलाे गर्यौ , बाटाे निकासकाे।

धेरै भाषा बाेले पनि , हामी सबै नेपाली
जुन जात भए पनि , हामी सबै नेपाली
जुन भु- मा हुर्के पनि , हामी सबै नेपाली
पुर्व -पश्चिम उत्तर – दक्षिण , हामी सबै नेपाली।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

20 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

20 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

21 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

2 days ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 days ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

3 days ago