पैसाको बोट

एलपी पराजुली
कपन, काठमाडौं

“बाइकमा तेल समेत बाउले हाल्दिनु पर्ने ! कस्तो बेगारी छोरो !”
तन्नेरी छोरोलाई साथीले पैसा दिएको देखेपछि मैले यस्तै सोचेँ र अर्ती खपत गर्न तम्सिएँ ।
“के गर्दैछौ बाबू ?”
“खेती गर्दैछु अंकल ।”
“पढ्नमा लण्ठु भएर होला हलो जोत्न थालेछ केटाले ! बरू खाडीतिर गएको भए कमाउँथ्यो नि ।” मनको कुरा मनमै राखेर सोधी टोपलेँ ।
“कति पढ्यौ त ? विदेश पनि गएनछौ ।”
“एग्रीकल्चरमा मास्टर्स सकेँ, सिकेको ज्ञान प्रयोग गर्ने अवसर स्वदेशमा हुँदाहुँदै विदेश नै किन जानू र अंकल ?”
“के खेती गर्दैछौ ?”
“पाँच बिगाहामा केरा खेती सुरु गरेको पहिलो सिजनमै तीन करोडको उत्पादन भयो । अफ सिजनमा खाली बस्दा भनेजस्तो प्रगति हुन्न त्यसैले थप पाँच बिगाहामा खेती बिस्तार गर्दै केराको ब्रान्डीङ्ग सुरु गर्दैछु । खेर जाने केराको बोटबाट रेसा निकालेर कागज, कपडा, जुत्ता लगायतका बस्तु पनि बनाउँदैछु । यसपछि बल्ल बाह्रै महिना काम र दाम मिल्ला । यो वर्ष कम्तीमा सय जनालाई रोजगार दिने लक्ष छ । पूंजीको भने अभावै छ । बैंकहरूले दिने सरकारी अनुदानको कर्जा टाठाबाठाले कुम्ल्याएर हामी जस्ता उद्यमीलाई समस्यामा पारेकाछन् । सही व्यक्तिले अनुदान पाउने व्यवस्था भए नेपाल खाद्यान्नमा आत्मनिर्भर हुन बेर लाग्दैनथ्यो ।”
लाखौं खर्च गरि छोराछोरीलाई विदेश पठाएर गर्व गर्ने प्रवृतिलाई त्यो नपत्याउँदो युवाको विचारले लोप्पा ख्वाइदियो । ट्वाल्ल परेर त्यो उद्यमी युवाको मुहारमा आफ्नो छोराको अनुहार खोज्दै थिएँ उसको आत्मविश्वासपूर्ण भनाइले म झसङ्ग भएँ ।
“सुन फल्ने उर्वर भूमि छ, विदेशमाझैंं मेहनत गरे यतैको कमाइले जित्छ नि ।विदेशमा मात्रै पैसाको बोट हुन्न के रे । “

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

17 hours ago

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

17 hours ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

2 days ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

2 days ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

3 days ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

3 days ago