“साथ साथै जुट”

घनश्याम रेग्मी

देश हाँक्ने तिर्सनाका खात बोकी उठ
विकासको सिंढी लाऊ साथ साथै जुट ।
यो देशका भविष्य हौ कोपिला छौ आज
सुवासिलो फूल बन्नू दुनियाँको माझ
आज तिमी पढ्न जुटे देश जाग्छ भोलि
आज तिम्रो गीत सुने बोल्छ देश बोली ।
देश हाँक्ने ….. विकासका ….१
नेपालका वीर पुर्खा पानीबिनै लड्थे
यो देशको रक्षा गर्न किल्ला बनी जुट्थे
त्यही रगत बगेकोछ तिम्रा नशा भित्र
त्यहाँ पनि बनेकोछ त्यो कीर्तिको चित्र ।
देश हाँक्ने ….. विकासका …..२
ज्ञान विज्ञान खोतलेर एक एक सिक ज्ञान
गङ्गा पौडिएर तिमी मोती झिक
हाम्रो झन्डा उचा राख्न पक्कै जुट्छौ तिमी
आशा गरी बसेकोछ तिम्रो कर्म भूमि ।
देश हाँक्ने ….. विकासका ……३

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

8 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

8 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

8 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

1 day ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

1 day ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

1 day ago