सोम कुमार सुब्बा
लिङ्दोक,पूर्व सिक्किम
“राम,राम,राम,अनर्थ भयो” एकाएक पण्डित बाको भयभीत आवाजले सबैलाई खिचे।
सबैले मण्डपतिर हेरे, दुलही दौडेर गइन् र आमाको पछाडि लुकिन्,उनी काँप्दै थिइन्। दुलहा मण्डपको लिङ्गो पक्रेर उभिरहेका थिए,ऊ धरमराँउदै थियो।
पण्डित बाले तालुमा हात राख्दै कुरो प्रष्ट्याए -” सात फेरो नघुँम्दै दुलही भागी!”
वातावरण चकमन्न भयो, बिवाहको रौनक रोकियो,सबै जहाँको तहीँ टक्क अडिए,मुखामुख गरे।
केहीक्षणपछि भिड विस्तारै चल्मलाउन थाल्यो, उनीहरु सुस्तरी गफिँदै थिए -“दुलहा मातेको रहेछ!”
“हो,हो! मातेको रहेछ ।”
तत्क्षणै दुलहाको बा कड्के – “यही मत्थुलाई सुधार्नको निम्ति त बिहे गरिदिएको!”
भनी नसक्दै भिडबाट जवाफ आयो – “बा!बिहे भनेको दुई आत्माको संगम हो, कसैलाई सुधार्न होइन!”
सबैले त्यतातिर हेरे,दुलही पोते माला उतार्दै थिइन्।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…