जानकी कर्माचार्य

कस्तो भईएछ न जन्म घर आफ्नो न कर्म घर ?
सानु छँदै सुनिन्छ छोरी त अर्काको नासो पो त, राम्रो सँग हुर्काउने ,संस्कार दिने पढाउने काम मात्र हाम्रो !
अनि राम्रो घर केटा हेरेर अन्माउनु पर्छ ।
अनमाउने बेलामा आमा बुवाले दिएको अर्ती ” आजबाट पराई घरलाई आफ्नो बनाउनु माइतीको इजत राख्नु!” पराई घरमा बिस्तारै आफ्नो ठाऊँ बनाउनु !
नुन जस्तै जेमा पनि नभैनहुने सबले महत्व दिने !
अनि पानी जस्तै जस्तो भाँडोमा राख्यो त्यस्तै आकार लिन सक्ने हुनु ! कर्म घरमा पुगे पछि पराई घरबाट आएकी के आफ्नो हुन्छे ?
आफ्नो हुन त रगतको नाता चाहियो नि !
खै बिहे गरे पछि त म र मेरो हराउँदो रहेछ !
नाम आफ्नो थर अर्काकै !!
सिंउँदो आफनो सिंदुर अर्कैको, गर्दन आफ्नो गहना(तिलरी) अर्कैको, नाडी आफ्नो चुरा अर्कैको, शरीर आफ्नो पहिरन अर्कैको ?
सिंदुर अर्काको हक भनेर छाप लगाएको, तिलहरी दाम्लो बानेको, चुरा हतकडी लगाएको फेरि गर्भवती भए पछि कोख आफ्नो गर्भ (बच्चा) अर्कैको ?
नौ महिना आफ्नो रगतले सिंन्चेर जन्म दिने , जन्मे पछि रगत अर्कैको हुने ?
अनि म र मेरो खै त ?
जति आफ्नो हुन कोशिस गरे पनि सधैँ पराई ?
अनि सानो हुँदा पनि सधैँ छोरी हुनुको मतलब अर्तिको भारी बोक्नु झैँ लाग्दथ्यो।
कठै छोरी !!!
अहिले केही समय यता परिवर्तन पनि आउन थालेकोछ!
तर संसारको चलेको रीत नै यस्तै छ !

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

5 hours ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

5 hours ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

5 hours ago

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

1 day ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

1 day ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

1 day ago