ललिता ‘दोषी’
बुद्धनगर, काठमाडौँ
नदीका किनारमा माछा देखेपछि खुसी हुँदै आयानले भने— “नाचनाच सानो साथी ! उफ्रीउफ्री नाच
खेल्दैखेल्दै पानीमा खुसीखुसी बाँच।”
माछाले रिसाउँदै भन्यो— “तिमीहरूले बाँच्न दिए पो बाँच्ने पापी मान्छे! खोला, नदी, तालतलैया, जताततै प्लास्टिकजन्य सामान, फोहोर फ्याँकेका छौ। त्यही खाएर ह्वेलमाछादेखि लिएर धेरै जलचर र थलचर प्राणीको वंश नास हुँदै छ। जथाभाबी नदीनालाहरू थुनेर बस्ती बसाएका छौ। याद गर हामी रहेनौँ भने पर्यावरण बिग्रिएर तिमीहरूको पनि सर्वनाश हुन्छ।”
माछाको कुराले निरास हुँदै एघार वर्षको आयान बाटोे लागे। कोइलीको सुमधुर स्वर सुनेपछि मन केही खुसी भयो। उनले रूखतिर हेर्दै भने— “कुहूकुहू स्वर नै मीठो फेरि गाऊ साथी!
प्रकृतिको सुन्दर छटा हेर्दा लाग्छ जाती ।”
कोइलीले हकार्दै भन्यो— “ल भन् मूर्ख ! कहाँ छ प्रकृतिको सुन्दर छटा ? तिमीहरूले आफ्नो स्वार्थका लागि जङ्गल फडानी गरेका छौ । डढेलो सल्काएर हाम्रो बासस्थान मासेका छौ । तिमीहरूले हाम्रो मात्र होइन। आफ्नै खुट्टामा पनि बन्चरो हिर्काएका छौ। बाढी, पहिरो, अनावृष्टि, अल्पवृष्टि हुनुको कारक तत्त्व तिमीहरू नै हौ। नपत्याए हेर, ऊ तेरो बस्तीमा पहिरो गयो। अब पापको फल भोग पापी!” यति भन्दै कोइली उड्यो।
आयान चिच्च्याउँदै उठे । उसका बाबुआमा पनि डराउँदै उठेर छोरालाई अङ्कमाल गरे । आयानले रुँदै सपनामा देखेका सबै कुरा बावुआमालाई सुनाए।
दाउरा बेचेर नै जीवन निर्वाह गर्दै आएको रमणले आँसु झार्दै भने— “तिम्रो सपनामा आएर हामीलाई सुमार्ग देखाउने माछा, कोइलीलाई लाख सलाम!
अबदेखि भोकै रहुँला तर प्रकृतिलाई हानी हुने कुनै काम गर्ने छैन। अरूलाई पनि प्रकृति जोगाउन सक्दो सम्झाउनेछु। यो मेरो प्रतिज्ञा नै भयो।”
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…
ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…