Categories: कविता

“प्रथमआषाढ”


शोभा कोइराला

तातो हावा अतिशय भयो रोकिने छाँट छैन
आषाढैको प्रथम दिनमै खोज्न केही हुँदैन
लोलाएका लहर लतिका ग्रीष्मले झन् गलेका
पर्दा पानी झमझम गरी उठ्न लाग्छन् ढलेका।

चल्दै आयो विधिगत छ यो फेरिने हुन्छ केही
आषाढैको प्रथम दिनमै लक्षणा हुन्न केही
बालीनाली सुरलयसँगै देखिइन्छन् झुलेका
बेलाबेला पवन पनि ता आत्तिइन्छन् लुकेका।

कान्छो गर्मी प्रकट दरिलो शक्तिशाली अनौठो
आषाढैको प्रथम दिनमै हुन्छ केही सुनौलो
आयो बेला पुलकित हुने भन्दछन् ती कुरेका
मिल्दा ऊर्जा विपुलरसले उड्दछन् ती चखेवा।

वर्षा डाक्ने प्रकृतिपथको मार्गको वाफ सस्तो
आषाढैको प्रथम दिनमै हुन्छ केही त यस्तो
क्वैली मैना चिरविर गरी बास खोज्दै उडेका
लाग्यो आहा!रथिक जसरी दृश्यमा छन् खुलेका।

चर्खा घुम्छन् नियमित सदा ग्रीष्मलाई पुकारी
आषाढैको प्रथम दिनमै हर्षको होस् जुवारी
खोलानाला चउर हरिया औ कुलेसा झरेका
तातो हावा रविशशि खुदै लाग्छ छक्कै परेका।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

18 hours ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

18 hours ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

18 hours ago

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

2 days ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

2 days ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

2 days ago