
शान्ति भन्डारी दाहाल
बुद्धनगर काठमाडौ
राेपाईँ गर्ने दिन आईसक्याे गाउँमा गएर खेताला खाेज्नु पर्ने वस्तै गरेकी छैन भन्दै सासू आमा कराउनु थालिन्। सुर्यकुरीले पनि भनिन् म एकलैले कति ठाउँमा भ्याउनु त भन्दै सासुबुहारी झगडा गर्न थाले । त्यसैबेला राेसनले फाेन गर्याे र आमा के गर्दै हुनुहुन्छ ?” हाम्रो राेपाईँ गर्ने पालाे आयो हाेला हैन ?” सुर्यकुमारीले भनिन् राेप्ने बेला त भयो नि छाेरा के गर्ने तेराे बा हुँदा सबै काम आफैँले गर्नुहुन्थ्यो । तेरो बजै कराउने र म सँग झगडा मात्रै गर्नुहुन्छ ।” उनलाई पिर लाग्यो र भन्यो, “आमा खेतलासँग कुरा गर्नु भएको छैन ?” आमाले भनिन् “बार जना राेपार र पाँच जना बाउसेलाई भनेकाे छु। अस्ति नै पल्लो घरकाे राेपाईँ जाँदा कुरा गरेको थिएँ फेरि भेट भएको छैन्। अन्तै पाे निधाे गरे कि ?” राेसनले पल्लो घरकाे काकालाई फाेन गरेर काका तपाईँले त्यहाँ आमालाई राेपाईँमा सहयोग गर्नुपर्ने भाे।” तपाईँको ईसेवामा पैसा पठाई दिन्छु तपाईँले सबै व्यबस्था मिलाउनु हाेला ।” “ल तिमी चिन्ता नगर म अहिले नै गाउँमा गईहाल्छु” काकाले भने । राेसन फाेनमा कुरा गरेर पक्का गर्नु काका अहिलेकाे जमानामा पनि घर घरमै जानुपर्छ र ?” “ल ल म रिचार्ज किन्न गैहाले ।” राेसन खुशी भए र सुते । भाेलि पल्ट बिहानै आमालाई फाेन गरे ल आमा अब हजुर ढुक्क सँग बस्नुहोला।” “हैन के भनेको बाबु ?” “हाे आमा मैले खेताला खाेजेेेकाे छु फाेनमा कुरा भैसक्याे!” सासु बुहारी छक्क परे ।





