नर पल्लव
बुद्धनगर, काठमाडौँ

“बाल विकाशमा घरको वातावरणको ठूलो भूमिका हुन्छ। अभिभावकले गर्ने व्यवहारबाट बाल-बालिकाहरू छिट्टै प्रभावित हुन्छन्।” शिक्षिका पढाउँदै थिइन्।
टिनिन्न घण्टी बज्यो। अन्तिम कक्षा समाप्त भयो।
किशोर झोला बोक्दै घरतिर लाग्यो। खाजा खाईवरी गृहकार्य गर्न तल्लीन भयो। तर आफ्नो एकाग्रतालाई स्थिर गर्न सकेन। पल्लो कोठाबाट सुनिँदै गरेको कोलाहलमय आवाज, एकाग्रतामा बाधक बनिरहेको थियो। उसका बा, हजुर आमासँग कलह गरिरहेका थिए। कलह साम्य हुने कुनै गुन्जाइस नदेखेपछि उसको क्रोधको पारो चरम बिन्दुमा पुगिसकेको थियो।
ऊ जुरुक्क उठ्यो, र हुरिँदै आमा नजिक पुग्यो।- “आमा!”- उसले कड्किँदै भन्यो, ‘बा किन दिनैपिच्छे हजुर आमासँग कचकचाउनु हुन्छ ?”
छोराको आवेशपूर्ण बोली सुनेर आमा झस्किन्। उनको मुटुको धड्कन बढ्न थाल्यो। आफूलाई सँभालिन्। र केही क्षणपछि छोरालाई हकार्दै भनिन्,- “बढी नबोल। खुरुक्क पढ्न गइहाल त!”
आमाले छोरालाई हकारिन् मात्र तर आफू र सासुबिचको द्वन्दले उब्जाएको कलहबारे कुनै प्रतिक्रिया जनाइनन्। उनी मौन रहिन्। तर छोरा किशोरचाहिँ मौन बस्न सकेन।
कक्षामा शिक्षिकाले पढाएको पाठ स्मरण गर्दै उसले गम्भीरतापूर्बक भन्यो, “आमा! भोलिका दिनमा मलाई दोषचाहिँ नदिनु होला।”

सारथि बाल पत्रिका

View Comments

  • Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

5 hours ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

5 hours ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

5 hours ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

1 day ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

1 day ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago