Categories: बाल कथा

प्रयोग


भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर

“सामाजिल सञ्जाल चलाउँनु को उद्देश्य के ?” ऊ झर्किएर बोल्यो।
फेरि तातो न छारो काम छैन । मान्छेले आफ्नो आक्रोश, निन्दा अनि टिकाटिप्पणी पोख्ने ठाउँ बनेको छ । नाता सम्बन्ध साँगुरियो, भाइचारा हरायो, अपनत्वको भाव खोई ? ऊ फेरि जङ्गियो।
मैले भनेँ, ” होइन, सुविधा पनि त भएको छ । देश विदेशका घटनाको जानकारी,खबरको आदानप्रदान, मान्छे भौतिक रूपमा नभेटेनि सञ्जालले नजिक बनाएको छ ।” मैले नम्रता देखाउँदै भनेँ।
ऊ शान्त रहन सकेन । उसले छेड कस्यो, ” यो पनि एउटा नशा नै रहेछ क्यार ! मान्छे यसैमा झुन्डिएका छन्, कसैको अत्तोपत्तो छैन,संसार नै यसैमा छ जस्तो, कस्तो अचम्म ?” ऊ उदेक स्वरले बोल्यो।
फेरि गनगन गर्यो, “सञ्जाल, प्रविधि हुँनु भन्दा अगाडिको दुनियाँ छुट्टै थियो । मान्छे काममा भुल्थे, अल्लोघर पल्लोघर, मेलापात, ऐँचोपैँचो, बोलीचाली अनि त्यो आत्मियता, आहा ! कस्तो अनौठो ?” उसले विगत सम्झदै खिन्नता देखायो । मैले शब्दले सम्झाउँने हरतरहले प्रयास गरेँ, ” प्रविधि अहिलेको पुस्ताको आवश्यकता हो । पुरातन विचार आत्मसात् गर्दै नयाँपन दिनु, सही तरिकाले चलाउँदा जीवन परिवर्तन पनि त भएको छ ।” उसको मुहार पुलुक्क हेरेँ ।
उसले जिव्रो लोप्राउँदै मान्न तयार भएन, “मान्छेले आफ्नो कान नछामी कागका पछाडि दैडिएका छन् । विवेक हराएको छ, मिथ्याको झुन्ड बनेको छ ।” उसले तर्क राख्यो ।
म विचारशील हुँदै बोले,” नाँच्न नजान्ने आँगन टेढो प्रविधिको सही प्रयोगले विश्वले इतिहास रचिसक्यो, हामी चाहिँ विचार भुँईमान्छेको राखेर परिवर्तन खोज्ने, के सम्भव होला ?” म बनाबटी मुस्कान देखाउँदै कुरा बिट मारेँ ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

8 minutes ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

24 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

24 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

4 days ago