अहङ्कारको आयु लामो हुँदैन


देव भट्टराई

छ जो धीर-रोही उही पुग्छ माथि ।
यही रीत संसारको हुन्छ साथी ॥
छली-छात्रले उच्च-चूली छुँदैन ।
अहङ्कारको आयु लामो हुँदैन ॥

रिसायो कहाँ दैव पूजा नगर्दा ?
भनी भक्त ठूलो फुलेको छ मुर्दा ॥
जहाँ हेरिनेगर्छ श्रद्धा छ छैन ।
अहङ्कारको आयु लामो हुँदैन ॥

ठगी चाल देखी छली-बन्चरेको ।
बडो ! मुस्कुरायो खुदै देउता ओ ॥
सदाचार यो खेलिने खेल हैन ।
अहङ्कारको आयु लामो हुँदैन ॥

यहाँ होडमा छन् धनी बन्न जोगी ।
दबा दिन्छ आफैँ बनाएर रोगी !!
छ नि:शुल्क अर्ती सिटामोल छैन ।
अहङ्कारको आयु लामो हुँदैन ॥

भन्यौँ झट्ट हेरी कुनै फूल राम्रो ।
यही धारणाले पिछा गर्छ हाम्रो ॥
गुण स्वाद बास्ना जहाँ हेरिँदैन ।
अहङ्कारको आयु लामो हुँदैन ॥

न थाहा छ केही हुँ आकाश भन्ने ।
उही एक मात्रै छ यो विश्व थाम्ने ॥
छुसी छुद्रतारा टिकीराखदैन ।
अहङ्कारको आयु लामो हुँदैन ॥

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

41 minutes ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

52 minutes ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

1 hour ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago