तुलसी पण्डित
नातिनीको फेसबुक मोह हटाउने जमर्को धेरै गरे । अँह सकेको थिइन । जति खेर पनि फेसबुक हेरेकी छ । पढ्न लेख्न पट्टी ध्यानै छैन । कति सम्झाए बुझ्ने हैन । उनको फेसबुक मोह झन् बढ्दै गयो । पढाइ कमजोर भयो । मैले अबत केही जुक्ति लगाउन पर्यो भन्ने ठाने । नानु यहाँ आउँत । किन बाबा ? उनको हातमा मोवाइल थियो । तिमीलाई कोरोना बारे केही ज्ञान छ ? बाबा करोना त डरलाग्दो रोग हो । यो लागे पछि मान्छे बाँच्न गाह्राे हुन्छ । यो बाट बँच्न मास्क लगाउनु पर्छ । धेरै मान्छे भएको ठाउँमा जानु हुदैन । साबुनपानीले हात धोइ रहनुपर्छ । तागतिला र पोषण युक्त खानेकुरा खानु पर्छ । ओहो ! नानुलाई धेरै कुरा थाहा रहेछ । कसरी थाहा पायौ ? ल बाबा हेर्नू होस् त फेसबुकमा सबै कुरा लेखिएको छ ।मैले यसैबाट थाहा पाएको । यसबाट धेरै ज्ञानगुनका कुरा पनि सिक्न पाइन्छ बाबा । मेरो मथिङ्गलमा सय भोल्टको करेन्टले हान्यो । तै पनि साहस गरेर उनलाई भने । हेरन यो फेसबुक धेरै चलायो भने यसैको माध्यमबाट कोरोनाको भाइरस सर्छ रे ? यो भ्रम हो बाबा यसबाट कोरोना सर्ने हैन । बरु टाढा भाग्नमा सहयोग गर्छ । उनको यो भनाइले म झन् मर्माहट भए । उनलाई फेसबुकबाट हटाउने मेरो योजना बिफल भयो । मैले सोचे । “यस्तै प्रविधि जोडेर बालबच्चालाई शिक्षा दिन सके कति प्रभावकारी हुँन्थ्यो होला ।”
सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

निधार

संजिता भट्टराई धनगढीमाई,सिरहा गाईगोठको भक्कारो सोहोर्दै गरेकी जुनेलीको कानमा कच्ची बाटोबाट गुन्जिएको ठूलो हाँसो ठोकिन…

8 hours ago

“बाल दिवसको सन्देश”

कृष्ण शरण उपाध्याय बच्चा स्वस्थ बलिष्ष्ठ अब्बल बनून्, ती देशका हुन् जग बच्चा हृष्ट र…

9 hours ago

स्वाद

मित्र उराठी गौतम अमरपुर गुल्मी हालः तिलोत्तमा रुपन्देही स्वाद जम्मा छ किसिमका छन्। विज्ञान पढाउने…

9 hours ago

“बालदिवस”

तेजप्रकाश श्रेष्ठ मेरो किताब खै ? मेरो कापी कलम खै ? मेरो स्कुल ब्याग खै…

1 day ago

“मैले दर खान्न बरिलै”

रामप्रसाद पन्थी रेसुङ्गा न पा २,गुल्मी पाेहाेर सम्म आमासित मामा घर जान्थें म मामाघर टन्न…

1 day ago

तीज

अम्बिका धिताल भक्तपुर “आमा! यसपालि माइती घरमा दर कुन दिन खाने खै केही खबर आएन…

1 day ago