Categories: बाल कथा

“घोडेजात्रा”

गंगा खड्का
” केटाकेटीले कहाँ यस्तो गेडागुडी चिउरासँग चपाउँछन् र आमा ,व्यर्थको दु: ख गर्नुभएको ? मैले उनीहरूका लागि मम मगाइसकेँ ।” गाउँबाट भर्खर भर्खरै आएकी चम्पालाई बुहारीले खिन्न बनाई ।
” तर बुहारी , घोडेजात्राको दिनमा चिउरासँग भटमास र हरियो लसुनको अचार खाने चलन छ नि त । आज एकदिन यही खान्छन् नि, हुँदैन ?”
सासूले यति भन्नासाथ बुहारीले झिँजो मान्दै भनी , ” यस्ता खानेकुरा केटाकेटीले चपाउन सक्नुपर्यो नि ।”
अघिदेखि नै आमा र हजुरआमाको गल्फती सुनिरहेकी सानी नातिनी आएर मुस्कुराउँदै भनी,” ममी ! आज यही अचार र चिउरा खाऔँ न त । हजुरआमा नि खुसी हुने , हाम्रो सामाजिक किताबमा भनेझैं परम्परा पनि जोगिने ! “
बूढानीलकण्ठ , काठमाडौँ
सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

निधार

संजिता भट्टराई धनगढीमाई,सिरहा गाईगोठको भक्कारो सोहोर्दै गरेकी जुनेलीको कानमा कच्ची बाटोबाट गुन्जिएको ठूलो हाँसो ठोकिन…

9 hours ago

“बाल दिवसको सन्देश”

कृष्ण शरण उपाध्याय बच्चा स्वस्थ बलिष्ष्ठ अब्बल बनून्, ती देशका हुन् जग बच्चा हृष्ट र…

10 hours ago

स्वाद

मित्र उराठी गौतम अमरपुर गुल्मी हालः तिलोत्तमा रुपन्देही स्वाद जम्मा छ किसिमका छन्। विज्ञान पढाउने…

10 hours ago

“बालदिवस”

तेजप्रकाश श्रेष्ठ मेरो किताब खै ? मेरो कापी कलम खै ? मेरो स्कुल ब्याग खै…

1 day ago

“मैले दर खान्न बरिलै”

रामप्रसाद पन्थी रेसुङ्गा न पा २,गुल्मी पाेहाेर सम्म आमासित मामा घर जान्थें म मामाघर टन्न…

1 day ago

तीज

अम्बिका धिताल भक्तपुर “आमा! यसपालि माइती घरमा दर कुन दिन खाने खै केही खबर आएन…

1 day ago